21.6 C
Nepal
Thursday, November 13, 2025

नबिल बैंकले कमायो ५ अर्बभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो

spot_imgspot_imgspot_img

नबिल बैंक लिमिटेड (NABIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा ५ अर्बभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ७१.७९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ६१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको सञ्चालन मुनाफा ५६.५४ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८२ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १८.५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी २७ अर्ब ५ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा २७ अर्ब २९ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ११.४२ प्रतिशत बढेको छ भने कर्जा ७.७६ प्रतिशत बढेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here