30.7 C
Nepal
Saturday, April 18, 2026
Home Blog Page 281

अपी पावरको ७१%ले घट्यो नाफा

अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यस कम्पनिले अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा नाफामा ७१.२३ प्रतिशतले घटेको छ।

कम्पनीको अर्को आम्दानी शिर्सक विद्युत बिक्रीको आम्दानी पनि १५.०७ प्रतिशतले घटेर ३६ करोड ९५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा विद्युत बिक्रीबाट कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीको ईपीएस ८.४० रुपैयाँबाट घटेर १.६२ रुपैयाँमा सीमित बनेको छ। पीई रेसियो १५८.६४ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०१.२० रुपैयाँ थियो।

बाँडफाँड भयो मोदी इनर्जीको आईपीओ , कतिले पाए सेयर ?

गत वैशाख १९ गतेदेखि वैशाख २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको मोदी इनर्जी लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा मोदी इनर्जीको आईपीओ बाँडफाँड गरिएको हो। आज बिहान बिहान साढे १० बजे आईपीओ बाँडफाँड कार्यक्रम राखिएको थियो।

नेपाल धितोपत्र बोर्डले मोदी इनर्जीलाई १०० रुपैयाँ अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको थियो। कम्पनीले कुल कित्तामध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिसकेको थियो।

कम्पनीले ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको थियो । स्थानीयलाई बाँडफाँडपछि बाँकी रहन गएको २० लाख ९५ हजार ६१० कित्ता र सर्वसाधारणका लागि बाँकी रहेको ३४ लाख ६३ हजार ८१० कित्ता गरी कुल ५५ लाख ५९ हजार ४२० कित्ता सेयर बिक्री खुला गरिएको थियो।

यस आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदकबाट १ करोड ३५ लाख ४ हजार ३० कित्ता सेयर माग भएको थियो। जसमा १२ लाख २९ हजार ७४१ आवेदकबाट परेको १ करोड ३४ लाख १ हजार ८० कित्ता सदर भएको छ भने ६ हजार ५२८ आवेदकबाट परेको १ लाख २ हजार ९५० कित्ता बदर भएको छ।

यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा सदर आवेदनमध्ये भाग्यमानी ५ लाख ६१ हजार २२६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये ६ लाख ६८ हजार ५१५ आवेदकको हात खाली भएको छ।

आईपीओको अन्तिम नतिजा धितोपत्र निष्कासन गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।

आज पनि प्रचण्ड, देउवा र ओली छलफलमा,के पाक्दैछ ?

0

प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बैठक चलिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको जनाएको छ ।
तीन दलका नेताबिच लगातार छलफल भइरहेको छ । खासगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि छलफल भईरहेपनी छलफलको बिषय भने बाहिर आएको छैन ।

तीन दलका शीर्ष नेताहरुमात्र पटक-पटक छलफलमा बस्दा शंका उत्पन्न भएको रास्वपाका सभापति रवि लामिछानेले बताएका थिए ।

लडाकु शिविर घोटाला छानबिन गर्न एमालेको जोडदार माग

२८ वैशाखमा सुरु भएर शनिबार समापन भएको नेकपा एमालेको बैठकले लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न सरकारसँग जोडदार माग गरेको छ । केन्द्रीय कमिटी बैठकले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । एमालेले प्रस्ताब गरेको पाँचौं बुँदामा लडाकु शिविर घोटाला लगायत चर्चामा रहेका सबै काण्डको निष्पक्ष छानबिन अघि बढाउन माग गरिएको छ ।

एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोशिलाई कडा कारबाहिको माग गरेको छ ।तर यही प्रकरणमा मुछिएका एमालेले सचिव टोपबहादुर रायमाझीबारे केही बोलेको छैन ।

एमालेले सुरुदेखि दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्दै आएको उल्लेख गर्दै राज्यका वैधानिक निकायबाट गरिने जुनासुकै अनुसन्धानमा पूर्ण सहयोग रहने भनेको छ । ‘…यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दवावबिना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ’ एमालेको प्रस्तावमा भनिएको छ ।

हेर्नुहोस् एमाले बैठकले पारित गरेको समसामयिक प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
केन्द्रीय कमिटी पाँचौँ बैठक
(२८–३० बैशाख, २०८०)

समसामयिक प्रस्तावहरु

विशेष प्रस्ताव

मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा सङ्कटतर्फ उन्मुख हुँदै गएको छ । भ्रष्टाचार सङ्क्रामक रोग जसरी फैलिँदैछ । राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको छ । अस्थिरता र अराजकताका प्रवृत्तिहरु झाँगिन खोज्दैछन् । यस्तो अवस्थामा राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न, राजनीतिक क्षेत्रमा देखा परेको अस्थिरताका प्रवृत्तिहरुलाई नियन्त्रण गर्दै स्थायित्व र स्थिरता कायम गर्न र सामाजिक क्षेत्रमा हुर्किँदै गएको अराजकतालाई नियन्त्रण गर्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरुबीच न्यूनतम समझदारी बन्नु आवश्यक छ । केन्द्रीय कमिटीको यो बैठक यिनै उद्देश्यका साथ राष्ट्रिय राजनीतिक दलहरुका बीचमा समझदारी निर्माणका लागि पहलकदमी लिने निर्णय गर्दछ ।

प्रस्तावहरु

१. हाम्रो पार्टीका पोलिटब्युरो सदस्य तथा संविधानसभाका सदस्य कमरेड बालकृष्ण ढुङ्गेल, गत बर्ष पार्टीद्वारा ‘कम्युनिस्ट योद्धा‘ सम्मानबाट सम्मानित पुराना नेता कमरेड वसन्त गौचन, हाम्रो पार्टीका केन्द्रीय लेखा आयोगका सदस्य कमरेड खम्ब खत्री, केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामबहादुर दानी, प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा हत्या गरिनुभएका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडी, मिसन ग्रासरुट अभियानका क्रममा प्युठानमा दुर्घटनामा परी निधन हुनुभएका कमरेड रामबहादुर थापा (गोपाल), नेपाल खेलकुद महासंघको राष्ट्रिय अधिवेशनका क्रममा दुर्घटनामा परी निधन हुनुभएका कमरेड प्रकाश महत, राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय अधिवेशन प्रतिनिधि कमरेड जीवनबाबु पन्तलगायत यस अवधिमा दिवंगत हुनुभएका पार्टीका नेता–कार्यकर्ताहरुप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, उहाँहरुले पार्टी तथा आन्दोलनमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

२. २०६२/६३ को जनआन्दोलनका क्रममा निरङ्कुश शाही सरकारको गोली लागी घाइते हुनुभएका काभ्रेका मुकेश कायस्थको निधनप्रति यो बैठक गहिरो दुःख व्यक्ति गर्दछ । जनआन्दोलनका ‘जिउँदा शहीद‘ मुकेश कायस्थले आन्दोलनमा सहभागी हुने क्रममा लागेको गोलीका कारण १७ बर्षसम्म हिँडडुल तथा बोलचाल गर्न नसक्ने पीडादायी अवस्थाबाट गुज्रिनु प¥यो । नेपाली जनताको परिवर्तन र रुपान्तरणका आकाङ्क्षालाई सघाउन आफ्नो ज्यानको बाजी लगाएर दिनुभएको योगदानको उच्च सम्मान गर्दै हाम्रो पार्टी शहीद मुकेश कायस्थप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

३. हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीमाथि हालै झापा, इलाम, पाँचथर र तेह«थुममा गरिएको साङ्घातिक आक्रमणको प्रयासलाई बैठकले निकै गम्भीर रुपमा लिएको छ । मुलुकमा मुठभेड निम्त्याउने, राजनीतिक दलहरुबीच द्वन्द्व सिर्जना गर्ने, सामाजिक सद्भाव बिथोल्ने, नेकपा (एमाले) पङ्क्तिको मनोबल कमजोर बनाउने र अस्थिरता सिर्जना गरी धमिलो पानीमा माछा मार्ने प्रयासस्वरुप हाम्रा अध्यक्षमाथि भएको यस प्रकारको आपत्तिजनक, अराजनीतिक र आपराधिक दुष्प्रयासको यो बैठक घोर निन्दा तथा भत्सर्ना गर्दछ । मुलुकको पूर्वप्रधानमन्त्री तथा संसद्मा प्रमुख विपक्षी दलको नेतामाथि यस प्रकारको आपत्तिजनक कार्य हुँदासमेत शान्ति–सुरक्षाको न्यूनतम दायित्वबाट विमुख हुँदै मुकदर्शक बनेकोमा सरकारप्रति यो बैठक खेद प्रकट गर्दछ । साथै, नेकपा (एमाले) को नेतृत्वमाथि यस्ता हर्कतहरु नदोहो¥याउन यो बैठक सम्बन्धित सबैलाई चेतावनी दिन चाहन्छ ।

४. विगत लामो समयदेखि भित्र–भित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी–धन्दा हालै सतहमा आएको छ । सोच्न पनि नसकिने यस्तो काममा एकातिर गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति सङ्गठित रुपमा अघि बढाइएको रहेछ भन्ने देखिन्छ भने अर्कातिर यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको छ । यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दवावबिना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ । यस क्रममा हिरासतमा राखिएका व्यक्तिहरुलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रुपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयाश गर्ने, असम्बद्ध व्यक्तिहरुको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएका छन् । हामीले सुरुदेखि भन्दै आएको– दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्ने कुरातर्फ यो बैठक गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छ । राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा हाम्रो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने पनि स्पष्ट पार्न चाहन्छ ।

५. नेपाली समाजमा भ्रष्टाचार र अनियमितता सङ्क्रामक रोगका रुपमा रहँदै आएको छ । यस्ता घटनाहरुको निष्पक्ष छानबिन र दोषीहरुलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरुमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको छ । यो बैठक लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ । यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ ।

६. पाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्रविरोधी नीति र कदमहरुको प्रभाव यतिबेला मुलुकको अर्थतन्त्रले झेल्नुपरेको छ । व्यापारीका प्रतिनिधिहरुलाई अर्थ मन्त्रालयमा राखेर उनीहरुका स्वार्थ अनुकूल करका दर हेरफेर गरी बजेट बनाएको र अर्थतन्त्रको ठेक्का निश्चित व्यापारिक घरानालाई दिएको प्रभावस्वरुप यतिबेला मुलुक चरम आर्थिक सङ्कटतर्फ धकेलिएको छ । यही गठबन्धनकै सरकारले चालू आर्थिक बर्षमा आठ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुन्छ भनेर बजेटमा घोषणा गरेकोमा दुई प्रतिशत पनि हुन्छ कि हुन्न भन्ने अवस्था उत्पन्न भएको छ । एकातिर अत्यावश्यक क्षेत्रको बजेट कटौती गरिएको छ भने अर्कातिर बीचको छोटो अवधि हामीले अर्थ मन्त्रालय सम्हाल्दा आर्थिक मितव्ययिता अपनाउन लिइएका निर्णयहरु खारेज गरेर फजुल खर्चलाई निरन्तरता दिइएको छ । फलस्वरुप सामाजिक सुरक्षाको भुक्तानीमा समेत समस्या उत्पन्न भएको छ, सही रुपमा सञ्चालन गर्न हुने उद्योग–व्यवसाय पूरै प्रभावित भएका छन् । नयाँ लाइलेन्स, ठेक्कापट्टा र आयोजना जस्ता विषय सत्ता साझेदारहरुबीचको भागबण्डा र मिलेमतोमा निश्चित व्यापारिक समूहको हातमा सुम्पेर मुलुकलाई स्वार्थ समूहहरुको कब्जामा राख्ने कोशिसलाई तीब्रता दिइएको छ । यसले व्यवसायीहरु अत्यन्त हतोत्साहित र निराश बन्न पुगेका छन् । व्यवसाय बन्द हुने र उनीहरु पलायन हुने क्रम बढेको छ । यस्ता क्रियाकलापहरुले राष्ट्रलाई असफल दिशामा लैजाने खतरा बढेकाले हाम्रो पार्टी गम्भीर र चिन्तित छ । अतः यो बैठक मुलुकको बिग्रिँदो अर्थतन्त्रप्रति गहिरो चिन्ता प्रकट गर्दै यस्ता हर्कतहरु बन्द गर्न चेतावनी दिँदै अर्थतन्त्र्रप्रति गम्भीर हुन सरकारसँग माग गर्दछ ।

७. विगत लामो समयदेखि मिटर ब्याजपीडित नागरिकहरु समस्या समाधानका लागि धर्ना तथा प्रदर्शनमा उत्रिएका छन् भने लघुबित्त र अन्य वित्तीय संस्थाहरुबाट पीडितहरुले आफ्नो समस्या समाधानका लागि बारम्बार आग्रह गरिरहेका छन् । आधारभूत तहका नागरिकका यस्ता समस्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो बैठक ती समस्याहरु अविलम्ब समाधान गर्नका लागि आवश्यक कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाउन र तत्काल समाधान गर्न सरकारसँग माग गर्दछ ।

८. आम नागरिकले थेग्नै नसक्ने गरी महङ्गी बढिरहेको छ । सरकारका गलत आर्थिक नीति, कालो बजारीलाई प्रश्रय, अनुगमनको अभाव, अनियन्त्रित बजार जस्ता कुराले तीब्र रुपमा मूल्य बृद्धि भइरहेको छ । एकातिर बजारमा शिथिलता आएको छ र रोजगारीका अवसरहरु घटेका छन्, आय–आर्जनका सामान्य विकल्पहरु पनि बन्द भएका छन् भने अर्कातिर बजार भाउ अचाक्ली बढेकाले नागरिकको चूल्हो बाल्नै धौ–धौ भइरहेको छ । किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन्, रासयनिक मलखादको अभाव छ र यही बीचमा मलको मूल्यबृद्धि गरिएको छ । यसबाट आम जनता ठूलो मारमा परेका छन् । यो बैठक नागरिकले दैनिन्दिन भोगिरहेको समस्याप्रति संवेदनशील हुँदै महङ्गी नियन्त्रण गर्नका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गर्दछ ।

९. मुद्रास्फिति हुँदा, अत्यधिक मूल्य वृद्धि हुँदा र अरु क्षेत्रमा पारिश्रमिक समायोजन हुँदासमेत श्रमिकहरुको न्यूनतम ज्याला वृद्धि भएको छैन । यसबाट आम श्रमजीवी वर्गप्रति सरकारको उदासीनता र अनुत्तरदायीपन प्रस्ट हुन्छ । यसप्रति चिन्ता प्रकट गर्दै यो बैठक सबै क्षेत्रमा कार्यरत श्रमिकहरुलाई बदलिँदो अवस्था अनुसार जीवनयापन गर्न पुग्ने गरी ज्याला बृद्धि गर्न जोडदार माग गर्दछ ।

१०. नेपाली जनताले लामो र कठिन सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण रुपमा संस्थागत गर्ने काम अझै पूरा भइसकेको छैन भने जनताका प्रतिनिधिद्वारा संविधानसभामार्फत् निर्मित संविधानको समेत पूर्ण रुपमा कार्यान्वयन हुन बाँकी नै छ । संविधान र गणतन्त्रलाई थप समृद्ध र विकसित बनाउनुपर्नेमा अदालतको समेत दुरुप्रयोग गरी संविधानको अपव्याख्या गर्ने, मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गर्ने र गठबन्धन सरकारका गलत नीतिका कारण सिङ्गो प्रणालीलाई नै बद्नाम बनाउने जस्ता कामहरु भइरहेको मौका छोपी कतिपय तत्वहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्ने कुचेष्टा गरिरहेको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टीलाई यस्ता कुनै पनि कार्य स्वीकार्य नभएको स्पष्ट पार्दै यो बैठक सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरोधी हर्कत बन्द गर्न सम्बन्धित सबैलाई सजग गर्न चाहन्छ ।

११. नेकपा (एमाले) सुशासन, समृद्धि, गणतन्त्र, लोकतन्त्र, संविधान र अग्रगमनका पक्षमा दृढतापूर्वक उभिँदै र त्यसका लागि जीवन समर्पित गर्दै आएको पार्टी भएकोमा कहीँ कतै दुविधा छैन । भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, नागरिकलाई सहज सेवाप्रवाहको व्यवस्था, राज्यका नियामक निकायहरुको सवलीकरण जस्ता कुरामा हामीले निर्णायक काम गरेका छौँ । हामी सरकारमा हुँदा ठूल्ठूला काण्डहरुको छानबिन गर्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाइएको तथ्य सार्वजनिक नै छ । हालसम्म अदालतमा दायर भएका मुद्दा र तिनमाथि भएका फैसलालाई मात्र हेर्दा पनि कुन राजनीतिक दलको सुशासनप्रतिको निष्ठा कति छ भन्ने प्रस्ट हुन्छ । यस्तो अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा जबर्जस्ती रुपमा हाम्रो पार्टीका नेताहरुको नाम जोडेर भ्रम फैलाउने काम केही सञ्चारमाध्यमहरुबाट भइरहेको छ । यो बैठक यस्ता भ्रमपूर्ण अफवाहहरुलाई नेकपा (एमाले) का विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको कडीका रुपमा लिँदै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई आग्रह गर्दछ । साथै,पत्रकारिताको आधारभूत मान्यता पालना गर्न सम्बन्धित सञ्चारमाध्यमहरुलाई आग्रह गर्दछ ।

१२. यो बैठक लामो समयदेखि थाँती रहेको प्रदेशको नाम ‘कोशी’ का रुपमा नामाङ्कन गर्ने काम सफलतापूर्वक सम्पन्न गरेकोमा तत्कालीन १ नं प्रदेशसभालाई हार्दिक वधाइ ज्ञापन गर्दछ । समग्र मुुलुक जस्तै त्यो प्रदेश पनि बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधताले युक्त प्रदेश हो । यस प्रदेशलाई बहुपहिचान झल्किने गरी कोशी प्रदेश नामाकरण गरिनु उचित र स्वाभाविक हो भन्ने पार्टीको मान्यता रहेको छ । प्रदेशसभाको ९० प्रतिशतभन्दा बढी सदस्यहरुको सहभागिता र लामो छलफलपश्चात् भएको यस नामाकरणको विरोधको कुनै औचित्य देखिँदैन । कुनै पनि विषयमा शान्तिपूर्ण रुपमा आफ्ना असहमति राख्न पाउने लोकतान्त्रिक अधिकारलाई संविधानले प्रत्याभूत गरेको छ । तर वैधानिक सभाले वैधानिक र लोकतान्त्रिक विधिबाट गरेको नामाकरणको विरोधका क्रममा जातीय सद्भाव खल्बल्याउने, साम्प्रदायिक विद्वेष फैलाउने, समाजमा अराजकता फैलाउने र यसलाई नेकपा (एमाले) र यसबाट निर्वाचित मुख्यमन्त्रीका विरुद्ध राजनीतिक हतियारका रुपमा प्रयोग गर्ने गरी देखा परेका घटनाहरु कुनै पनि अर्थमा उचित, लोकतान्त्रिक र जनचाहना अनुरुप छैनन् । यो बैठक यस्ता कुनै पनि अतिवादी, साम्प्रदायिक र जनविरोधी क्रियाकलापमा सङ्लग्न नहुन सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।

१३. सुख्खा मौसमका कारण देशका विभिन्न भागमा भएका आगजनीका घटनाबाट नागरिकहरुले ज्यान गुमाइरहेका छन् । यसक्रममा अर्घाखाँचीमा ४ जनाको ज्यान गएको छ भने दैलेख जिल्लाको आठबीस नगरपालिका–६ मा गत वैशाख २७ गते जंगलमा लागेको आगोमा परी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरिरहेका १ जनाको ज्यान गएको छ भने ९ जना घाइते हुनुभएको छ । बाँके, गुल्मी लगायत जिल्लामा पनि आगलागीका कारण जनधनको ठूलो क्षति भएको छ । आगलागीमा परी ज्यान गुमाउनु हुने मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक उपचाररत सात जनाको शीघ्र स्वास्थ्यलाभको कामनासहित उहाँहरु सबैको स्वास्थ्योपचारको सम्पूर्ण व्यवस्था निःशुल्क रुपमा गर्न सरकारसँग जोडदार माग गर्दछ ।

१४. राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसको सन्दर्भ पारेर प्रत्येक वर्ष जेठ १ गतेलाई युवा दिवसका रुपमा मनाइँदै आएको छ । यस वर्षको युवा दिवसका सन्दर्भमा नेपालका सबै युवा विद्यार्थीहरुमा यो बैठक हार्दिक वधाइ तथा शुभकामना व्यक्त गर्दछ र युवा दिवसका सन्दर्भमा जेठ १ गते आयोजना हुने विशेष कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सबै जनसङ््गठनहरु र आम जनसमुदायलाई समेत आह्वान गर्दछ ।

१५. आगामी जेठ ३ गते ३० औं मदन–आश्रित स्मृति दिवसलाई उहाँहरुको सम्झना र नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको योगदानको विशेष परिचर्चा सहित भव्य रुपमा मनाउन सबै मातहत कमिटीलाई यो बैठक आह्वान गर्दछ ।

१६. २०७९ फागुन ५ गतेबाट २०८० वैशाख ९ गतेसम्म हाम्रो पार्टीद्वारा सञ्चालित ‘मिसन ग्रासरुट‘ (पार्टी सदृढीकरण र विस्तार अभियान) भव्य रुपमा सम्पन्न भएको छ । यस अभियानका क्रममा पार्टी केन्द्रको योजना र निर्देशन बमोजिम तोकिएको कार्यक्षेत्रमा खट्ने केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीका नेता कमरेडहरुका साथै सबै कमरेडहरुलाई यो बैठक धन्यवाद ज्ञापन गर्दछ । हाम्रो अभियानका क्रममा नेकपा (एमाले) प्रति दर्शाएको सद्भाव र विश्वासका लागि जनसमुदायप्रति आभार व्यक्त गर्दै यो बैठक विभिन्न कार्यक्रमका माध्यमबाट पार्टीलाई सुझाव र सल्लाह दिनु हुने सबै संस्था र महानुभावहरुप्रति धन्यवाद व्यक्त गर्दछ । साथै, देशका कुनाकाप्चासम्म भएका अभियानका गतिविधिहरु समेटेर आम नागरिकसमक्ष निरन्तर पुर्‍याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारमाध्यमहरुप्रति यो बैठक कृतज्ञता ज्ञापन गर्दछ र आगामी दिनमा पनि सकारात्मक सहयोगको अपेक्षा गर्दछ ।

हतकडी नलगाउनुको परिणाम, खाणले प्रमाण नस्ट गरे-गोप्य कागज प्रहरीको हातबाट खोसे, चपाएर निले

नक्कली भुटानी सरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गर्‍यो तर उनलाई अरुलाई जस्तो हतकडी लगाएन जसले गर्दा खाणले आफु बिरुद्धको महत्वपूर्ण प्रमाण नस्ट गरेका छन । उनले प्रहरिको हातबाट गोप्य कागजात खोसेर चपाएर निलिदिएका छन ।
खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले उनको घरमा खातलासी गर्दा गोप्य कागजसमेत बरामद गरेको थियो । सो कागजमा खाँणले केहि लेखेर बाहिर कसैलाई दिन खोजेका थिए भन्ने दाबी प्रहरीकै छ । तर खाँणले उक्त दस्ताबेज नस्ट गरिदिएका छन ।

उनले उक्त कागज थुनामा रहेका टेकनारायण पाण्डेलाई दिन भनेर ठीक्क परेका थिए । भाग्न सक्ने तथा प्रमाण नष्ट गर्न सक्ने आकलनकै कारण जरुरी पुर्जी थमाएर प्रहरिले पक्राउ गरेको हो । भाग्न सक्ने लागेमा प्रहरिले जरुरी पुर्जी निकाल्छ ।

प्रहरीले यस प्रकरणमा लेनेदन गरेको बलियो प्रमाण फेला पारिसकेको छ , तर उक्त कागज थप अनुसन्धानका लागि सहयोगी साबित हुने थियो त्यसैले प्रहरीले सो कागजका बारेमा पनि उनलाई पटक पटक सोधपुछ गरिसकेको छ । तर उनले त्यसमा केहि थिएन भन्ने जवाफ दिईरहेका छन् ।
प्रहरिले उनलाई हत्कडी नलगाएको बिषयमा जनतामाझ बहस भईरकेको कि प्रहरी कसैलाई उस्तै गल्तिका लागि जनतालाई हत्कडी लगाउने तर ठुलो नेतालाई उस्तै गल्तिका लागि समेत फरक व्यबहार किन गर्छ भनेर उनलाई हत्कडी नलगाएको बिषयमा जनतामाझ बहस भईरकेको छ ।

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समीक्षाः बैंक दर १ प्रतिशतले घट्यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो मौद्रिक नीति समीक्षा गरेको छ । आज (शुक्रबार) बसेको राष्ट्र बैंक बोर्डको बैठकले वित्तीय बजारलाई सजिलो बनाउने गरी बैंक दर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरेको छ । यसअघि दर ८.५ प्रतिशत थियो ।

साथै, होटल, रेष्टुराँ तथा निर्माण क्षेत्रका कम्पनीले कर्जाको आवश्यकता र औचित्यता हेरेर कर्जाको पुनतालिकीकरण र पुनः संरचना पनि गरिनेछ ।

मौद्रिक नीतिले सेयर धितो कर्जा तथा तथा अन्य क्षेत्रलाई भने चलाएको छैन ।

तेश्रो समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय अबधी तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब तीन महिना बढाउन सकिने भएको हो । यसरी समय बढाउँदा कुनै शुल्क वा हर्जना लाग्ने छैन । यो व्यवस्था आगामी असार समान्तसम्मका लागि मात्रै रहने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द

0

राष्ट्र उत्थान लघुवित्तले यस अघि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । लघुवित्तले आज (शुक्रबार) नेप्सेमार्फत् एक सूचना जारी गर्दै कारणसहित लाभांश रद्द गरेको व्योहोरा उल्लेख गरेको हो ।

कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८–७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर ०.७५ नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सरकारले रोक्यो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका रोकेको छ।

नेपाल धितोपत्र बोर्डले अगाडी बढाएको नयाँ स्टक एक्सेचन्जको लाइसेन्सका विषयमा संसद देखि मिडियामा भ्रष्टाचारका विभिन्न प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्णय सरकारले गरेको छ ।

नयाँ स्टक एक्सचेन्जको हाल सबै प्रक्रिया रोक्न मन्त्रिपरिषद्को कार्यालयबाट लिखित निर्देशन अर्थमन्त्रालयमा दिएको छ। बोर्डले भने याँ स्टक एक्सचेन्ज र कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अगाडी बढाउदै मल्याङ्क समिति गठन गरेको थियो।

रेशम चौधरीको मुद्दा फिर्ता लिने तयारी गर्दै सरकार,आबस्यक विधेयक दर्ता

0

सरकारले पूर्वसांसद रेशम चौधरी, सिके राउत नेतृत्वको पार्टीका नेता कार्यकर्ता र विप्लव नेतृत्वको माओवादीका नेता/ कार्यकर्ताको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधन दर्ता गराएको छ।
जेलमा रहेका रेसमलाई छुटाउने तयारी सरकारले गरेको छ । त्यसइका लागि बिधेयक दर्ता गरेको हो ।

सरकारले प्रतिनिधि सभामा दर्ता गराएको केही नेपाल ऐन संशोधन विधेयकमार्फत् फौजदारी कार्यविधि संहितामा संशोधन गर्दै नयाँ दफा थप गर्न लागेको हो।

सरकारले मुलुकी फौजदारी कार्यविधि संहितामा दफा ११६ (क) थप्न लागेको हो।

नयाँ दफामा ‘दफा ११६ मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै राजनीतिक दल वा समूहले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई नेपाल सरकार र त्यस्तो राजनीतिक दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट नेपाल सरकार बादी भई दायर भएका मुद्दा फिर्ता लिने गरी सहमति भएकोमा त्यस्तो सम्झौता बमोजिम त्यस्ता राजनीतिक दल वा समूहका नेता वा कार्यकर्ताका विरूद्धमा नेपाल सरकार बादी भई चलाइएका जुनसुकै मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि फिर्ता लिन बाधा पर्ने छैन’ भनी उल्लेख गरिएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ मा अदालतमा विचाराधीन गम्भीर प्रकृतिको मुद्दा एक पटक दायर भैसकेपछि फिर्ता लिन नहुने व्यवस्था छ।

उक्त दफाले हत्या, ज्यान मार्ने लगायतका मुद्दा फिर्ता लिन रोक लगाएको थियो।

सरकारले संसदमा दर्ता गराएको संशोधनले राजनीतिक दल वा समूहका नेता कार्यकर्ताले गरेको हिंसात्मक र अमानवीय क्रियाकलापमा चलेका मुद्दा समेत फिर्ता हुने भएका छन्।

सामान्य अङ्कले घट्यो नेप्से ,लगानिकर्ता अझै पर्ख र हेरको मुडमा

आज नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से ३ अङकले घटेको हो । आज नेप्से ०.१८ प्रतिसतले बढेर १८३८ को विन्दुमा कायम भएको हो ।

हिजो नेप्से परिसूचक २ अंकले घटेको थियो । हिजो नेप्से २ अङ्कले घटेर १८४१ को विन्दुमा कायम भएको थियो ।
आज बियर र बुलको फाइटमा बियरको जित भएको छ ।
प्राबिधिक बिस्लेशण
नेप्सेले आज बोल्लिङर ब्यान्डको तल्लो रेखालाई सपोर्ट बनाएर फर्किएको छ , जसको अर्थ बजारले बोलिङ्गर ब्यान्डलाई सपोर्ट बनाएर माथि जान सक्ने देखिन्छ ।

एमएसिडि अझै सेल सिग्नल भ्यालिड रहेको छ । तर हिस्टोग्राम छोटाछोटा हुँदै गैरहेको छ जसले बजारमा पर्ख र हेरको निती लिनुपर्ने सन्केत गर्छ ।

आरएसआइ ३७ को बिन्दुमा रहेको छ ,यसले बजार ओभरसोल्ड जोन नजिकैबाट फर्किन खोजेको देखिन्छ। यसले पनि नो बाइ नो सेलको सङ्केत गर्दैछ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।
पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०८ दोश्रो सपोर्ट १७४६ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८९५ छ । बजार बढेमा पहिलो प्रतिरोध १९५३ र दोश्रो प्रतिरोध २०४३ मा रहेको देखिन्छ ।
बजार यहाँबाट माथितिरै जानखोज्ने देखिन्छ तर अहिले बाइ सेल नगरि पर्ख र हेरको निती लिएर कन्फर्म भएर मात्र लगानी गर्नु उचित देखिन्छ ।
नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला