23.1 C
Nepal
Wednesday, October 23, 2024

बाँडफाँड भयो मोदी इनर्जीको आईपीओ , कतिले पाए सेयर ?

गत वैशाख १९ गतेदेखि वैशाख २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको मोदी इनर्जी लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा मोदी इनर्जीको आईपीओ बाँडफाँड गरिएको हो। आज बिहान बिहान साढे १० बजे आईपीओ बाँडफाँड कार्यक्रम राखिएको थियो।

नेपाल धितोपत्र बोर्डले मोदी इनर्जीलाई १०० रुपैयाँ अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको थियो। कम्पनीले कुल कित्तामध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिसकेको थियो।

कम्पनीले ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको थियो । स्थानीयलाई बाँडफाँडपछि बाँकी रहन गएको २० लाख ९५ हजार ६१० कित्ता र सर्वसाधारणका लागि बाँकी रहेको ३४ लाख ६३ हजार ८१० कित्ता गरी कुल ५५ लाख ५९ हजार ४२० कित्ता सेयर बिक्री खुला गरिएको थियो।

यस आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदकबाट १ करोड ३५ लाख ४ हजार ३० कित्ता सेयर माग भएको थियो। जसमा १२ लाख २९ हजार ७४१ आवेदकबाट परेको १ करोड ३४ लाख १ हजार ८० कित्ता सदर भएको छ भने ६ हजार ५२८ आवेदकबाट परेको १ लाख २ हजार ९५० कित्ता बदर भएको छ।

यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा सदर आवेदनमध्ये भाग्यमानी ५ लाख ६१ हजार २२६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये ६ लाख ६८ हजार ५१५ आवेदकको हात खाली भएको छ।

आईपीओको अन्तिम नतिजा धितोपत्र निष्कासन गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here