21.2 C
Nepal
Tuesday, April 21, 2026
Home Blog Page 262

पाँचथरको बाढीमा ५ जना बेपत्ता, ५ वटा पुल बगे

0

पाँचथरमा हेवा खोलामा आएको बाढीले बगाएर पाँच जना बेपत्ता भएका छन् ।

शनिबार राति हेवा खोलामा आएको बाढीमा परी पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले जानकारी दिए ।

बेपत्ता हुनेहरूमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम-४ हेवा खोलाबाट एक जना रहेका छन् ।

यस्तै, फालेलुङ-३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार भएको वडाध्यक्षले जानकारी दिए ।

बाढीले ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, पूरै विवरण आउन बाँकी रहेको डीएसपी खतिवडाले बताए ।

बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ ।पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डीएसपी खतिवडाले बताए ।

तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ ।फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ ।

बाढीले याङ्वरक गाउँपालिका-३ र २ लगायत विभिन्न ठाउँमा ९ वटा घर बगेको जानकारी आएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङको पहिरोमा एकै परिवारका ३ सहित ४ जना बेपत्ता

0

काठमाडौं । ताप्लेजुङमा गएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।

गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ ।

गएराति ताप्लेजुङमा भारी वषर्ा भएको थियो । बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण संकलनको काम जारी छ ।

बिहीबार राति पनि वर्षा र बाढीले सदिङ्वा र सिरिजंगामा क्षति पुर्याएको थियो । बाढी पहिरोले सुरुमखिम-खेवाङ-याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको थियो भने काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामान बगाएको थियो ।

कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र स्थानीयका केही घर जोखिममा छन् ।

लसुनलाई सुन भनेर घोराहीले सोझा लगानिकर्तालाई झुक्याएर आइपीओको नाममा लुट्दै

घोराही सिमेन्टले हिजो बिहीवारबाट सर्बसाधारणलाई प्रिमियममा आइपिओ जारी गरेको छ । तर यो आइपिओ बिबादको भुमरिमा फसेको छ ।
गएको छ महिना पचास पैसा प्रती सेयर आम्दानी भएको घोराही सिमेण्टले बाँकी छ महिनामा ११ रुपैया प्रतिसेयर आम्दानी गर्ने भन्दै झुठ्ठा कुरा गरेर दिउसै रात पार्ने काम गरेको छ ।


जबकी अहिलेको आर्थिक मन्दिमा सिमेन्टको बिक्री पनि पनि घटेको छ। कम्पनिले १०० रुपैयामा ३३५ रुपैया थपेर प्रिमियममा आइपिओ जारी गरेको कम्पनिको विवरणहरु पनि शन्कासपद देखिन्छन ।

नियामक निकाय तथा अन्य निकायलाई प्रभाबमा पारेर अर्बौ रकम वक्यौता बिद्युत प्राधिकरणमा रहेको कम्पनिले तिर्नुपर्ने रकम आफ्नो विवरणमा समाबेश नगरि झुक्याउने गरी बिबरण तयार गरेर सोझा जनतालाई फसाउन सकिने दुसित मनासायले १०० रुपैयाको सेयर ४३५ मा बेचिरहेको छ ।


एक अर्ब २८ करोड नेपाल बिध्युत प्राधिकरणको वक्यौता तिर्न बाँकी देखिन्छ । २ अर्ब साँढे ३१ करोड रुपैया अहिले सर्बसाधारणबाट उठाउन खोजिरहेको कम्पनिको आर्थिक स्थिती एकदमै कमजोर देखिन्छ ।


यो कम्पनिको दिर्घकालिन ॠण १० अर्ब रहेको देखिन्छ भने अल्पकालिन ॠण ४ अर्ब ६४ करोड रहेको देखिन्छ । यसरी हेर्दा १४ अर्ब ६४ करोड त यसको ॠण मात्र देखिन्छ वक्यौता समेत जोड्दा त यो रकम झन्डै १६ अर्ब यसको दाहित्व देखिन्छ । यो दाहित्व लगानिकर्ताले आइपिओ भरेपछी लगानिकर्ताको थाप्लोमा सर्नेछ सेयर स्वामित्व अनुपातमा ।


अझ रोचक कुरा त के छ भने यसले खुद नाफा ०.८६ मात्र रहेको छ । यसको अर्थ के हो भने कम्पनिले १०० रुपैया लगानी गर्दा ०.८६ पैसा कमाउछ यानिको १०० रुपैमाको लगानिमा १ रुपैया पनि कमाउदैन अझ प्रस्ट रुपमा भन्दा कम्पनिले १ करोड लगानी गर्‍यो भने ८६ हजार मात्र नाफा कमाउछ । यस्तो पत्तुर कम्पनिलाई धितोपत्र बोर्डले के आधारमा राम्रो कम्पनी भनेर प्रिमियममा आइपिओ जारी गर्न दियो ? यो कुरा कि त पशुपतिनाथ जानुन कि त धितोपत्र बोर्ड नै जानोस ।

प्रिमियम मूल्यमा आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन खुला

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको प्रिमियम मूल्यमा आईपीओ आज असार १ गतेबाट प्रिमियम मुल्यमा आइपिओ बिक्री खुल्ला भएको छ। आज देखि बैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन दिन पाउनेछन् भने अन्य सर्वसाधारणले असार २० गतेदेखि आवेदन दिन पाउनेछन् । नेपालमै पहिलो पटक जीवन बिमा कम्पनी आइएमई लाइफले प्रिमियम मूल्यमा आईपीओ निष्कासन भएको हो।

कम्पनीको कूल जारी पूँजी ४ अर्बको ३० प्रतिशतका दरले एक अर्ब २० करोड रुपैयाँ बराबरका एक करोड २० लाख कित्ता आईपिओ निष्कासन गरेको छ । तर, आइपिओ १०० रुपैयामा पाइने छैन । उक्त आईपिओमा १३६.९१ रुपैयाँ थप प्रिमियम मूल्य तिरेर खरिद गर्नुपर्ने भएको छ ।

प्रिमियम मूल्यमा आईपीओ जारी गरिएकोले प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले सर्वसाधारण र विदेशमा रोजगारीमा गएकाहरुले उक्त आईपीओ खरिद गर्न पाउनेछन् । पहिलो चरणमा कूल निष्कासन भएको आईपीओको एक करोड २० लाख कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन खुल्ला गरिएको हो।

जम्मा आईपीओका ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ भने ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुको लागि छुटाएर कायम हुने आएको ९६ लाख कित्ता सेयर र बिक्री नभई बाँकी भएमा यसअघि आरक्षण गरिएको सेयर थप गरी कूल कायम हुन आउने सेयर सर्वसाधारणका लागि बिक्री गरिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले बताएको छ ।

कपनिमा न्यूनतम १० कित्ताका र अधिकतममा १ हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् भने आबेदन असार १ गतेदेखि १५ गतेसम्म अहिले बैदेसिक रोजगारिमा रहेकाले र असार २० गतेदेखि सर्वसाधारणले आबेदन दिन सक्नेछन ।

श्रीलंकाको सेयर बजार एक महिनामा झण्डै एक हजार अंककाे वृद्धि

0

पछिल्लाे समय श्रीलंकाको सेयर बजार एक्ट्रिम बुलिस यात्रामा देखिएकाे छ । समस्याग्रस्त अर्थतन्त्र पुन: सुधारतर्फ लम्किरहँदा श्रीलंकन सेयर बजार बढिरहेकाे छ ।

याे समाचार तयार पार्दासम्म श्रीलंकाकाे बजार ९२७९ विन्दुमा पुगेकाे छ । एक महिना अघिकाे तथ्याङ्क हेर्दा एक महिना अगाडि श्रीलंकाकाे बजार ८७८९.०३ (मे १८ तारिखका दिन) विन्दुमा थियाे । याे एक महिनाकाे अवधिमा बजार झण्डै एक हजार अंकले बढेर ९२७९ काे विन्दुमा पुगेकाे हाे ।

जनवरी १८, २०२२ मा १३,४०० को विन्दु चुमेको श्रीलंकन बजारमा चरम आर्थिक संकट र राजनीतिक बिचलन सँगै तिव्र गिरावट आएको थियो । १३,४०० को विन्दुबाट खसेर बजार ६,८०० को विन्दुसम्म झरेको थियो । पछि फेरि बढेर १०१०२.७० विन्दुमा पुगेकाे थियाे । १० हजार नाघेपछि फेरि घटेर ७ हजारसम्म झरेकाे श्रीलंकन बजार अहिले फेरि बढेर ९ हजारकाे विन्दुमा पुगेकाे हाे ।

गभर्नरको सन्देश :मौद्रिक नीति उदार आउँदैन, कडा आउछ

मौद्रिक नीतिको तयारीमा जुटेको राष्ट्र बैंकका गर्भनरले कोभिडकालको जस्तो खुला नीति नआउने बताएका छन । उनले त्यसो अपेक्षा नगर्न आग्रह गरेका छन । बाह्य क्षेत्रसँगै वित्तीय स्थायित्व कायम गर्दै बजेटका कार्यक्रमलाई सहयोग गर्ने मौद्रिक नीति आउने उनले जनाए ।

१५ जेठमा संघीय संसदमा पेश भएको बजेटमाथि बिहीबारदेखि प्रतिनिधिसभामा मन्त्रालयगत छलफल सुरु भएको छ । मौद्रिक नीति तर्जुमा कार्यविधिले आर्थिक वर्ष सुरु भएको (साउन) पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सरकारले ल्याउन वित्त नीति र केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीति एक अर्काका परिपुरक हुन्छन , बजेटको लक्ष पुरा गर्न मौद्रिक नितिले सहयोग गर्छ ।

बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको हुने अनुमान गर्दै मुद्रास्फीति ६.५ प्रतिशतभित्र राख्ने गरी मौद्रिक नीति तर्जुमा गर्ने उल्लेख छ । शिथिल अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेट केही विस्तारित आएको भन्दै गभर्नर अधिकारीले मौद्रिक नीतिको पहिलो प्राथमिकता मुद्रास्फीति नियन्त्रण भएको प्रष्ट पारेका छन् ।

‘केन्द्रीय बैंकको पहिलो दायित्व मुद्रास्फीति नियन्त्रण हो । त्यसपछि बाह्य क्षेत्रको स्थायित्व र वित्तीय स्थायित्व कायम गर्दै सरकारका कार्यक्रममा सहयोग गर्ने हो’, बिहीबार नेपाल व्यवस्थापन संघको छलफलमा गभर्नर अधिकारीले भने, ‘मौद्रिक नीति मुख्य जिम्मेवारीलाई सम्झौता गर्ने गरी अन्य कुरामा केन्द्रित हुँदैन ।’

गभर्नर अधिकारीले मौद्रिक नीतिको मर्म बाहिर गएर ठुलो अपेक्षा नगर्न निजी क्षेत्रलाई सन्देश दिएका छन् । कोभिडकालको कठिन अवस्थामा मौद्रिक नीति केही उद्धार भएको स्पस्ट पार्दै उनले अहिले त्यस्तै खुला नीति लिन नसकिने प्रस्ट पारे ।

‘कोभिडपछि राष्ट्र बैंकले ब्याज पुँजीकरण गर्ने, कर्जा तिर्ने नयाँ तालिका बनाउने छुट बैंकहरुलाई दिएको थियो, जसले कर्जा उठ्ने वातावरण थिएन त्यसका लागि स्रोत व्यवस्थापन गर्नुपर्छ भनेर पुनर्कर्जा दिएको हो’, उनले भने, ‘त्यतिबेला दिएका कतियप सुविधा दुरुपयोग भए, कतिपयमा बैंकहरुले ध्यान दिएनन् ।’ अहिले राष्ट्र बैंकको प्राथमिकता मुद्रास्फीति नियन्त्रण भएको भन्दै गर्भनर अधिकारीले त्यसअनुसार नै मौद्रिक नीति आउने बताएका छन् ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पनि निजी क्षेत्रमा लगानी भएको कर्जा रिकभरी गरेर पुन लगानी गर्दा नै सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल हुनसक्ने बताए । सोही अनुसार मौद्रिक नीतिको कार्यदिशा तय गर्दै मुद्रास्फीति नियन्त्रण गर्नेगरी मौद्रिक नीति तर्जुमा गर्न सुझाव दिएका थिए ।

‘६ प्रतशितको आर्थिक वृद्धिका लागि धेरै कर्जा बढाउनु आवश्यक छैन । ११/१२ प्रतिशतको कर्जा विस्तार गर्दा ६ प्रतिशतको आर्थिक वृद्धि गर्न पुग्छ,’ उनले भने, ‘अहिले नै हाम्रो अर्थतन्त्रमा स्रोतको प्रयोग कमजोर छ । मनसुन ठिक हुने बित्तिकै कृषि बढ्छ । अहिले भएकै ऋण उठाएर दिँदा पनि हामीलाई त्यो पुग्छ । आर्थिक वृद्धिमा चिन्ता गर्नु पर्दैन, मूल्यवृद्धिमा चिन्ता गर्नुस् ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमा चलाउने मौद्रिक औजार मुद्रास्फीतिको लक्षित सीमाको आधार मात्रै हुने गर्छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मुद्रास्फीतिलाई ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको केन्द्रिय बैंकले लक्षित सीमाभन्दा तल नजाने गरी नीतिगत दर पनि ७ प्रतिशत नै राख्ने घोषणा गरेको थियो । राष्ट्र बैंकको नीतिगत व्यवस्थाले नै मुद्रास्फीति नियन्त्रण गर्नसक्दा मात्रै नीतिगत दर घटाएर मौद्रिक नीति थप लचिलो बनाउने बाटो खुल्छ ।

मौद्रिक नीतिमा मौद्रिक विस्तार तथा निजी क्षेत्रको कर्जा विस्तारको लक्ष्य पनि मुद्रास्फीतिलाई नियन्त्रण गर्ने गरी तय हुने गभर्नर अधिकारीले संकेत गरेका छन् ।

पूर्व गभर्नर डा. खतिवडाले पनि उनको कुरालाई समर्थन दिए । ६ प्रतिशतको आर्थिक वृद्धिका लागि १२ प्रतिशतको कर्जा विस्तार भए पुग्ने भन्दै सोही अनुसार मौद्रिक नीति तर्जुमा गर्न सुझाव दिएका छन । बैंकहरु अधिक पूँजी भएको र सोहीअनुसार उच्च कर्जा विस्तारले गर्दा अर्थतन्त्रमा दवाब भएको भन्दै अहिले कुलिङ पिरियड भएको बताए ।

खतिवडाले अर्थतन्त्र सुधार्ने कार्य सरकारको भएको भन्दै राष्ट्र बैंक सस्तो लोकप्रियतका लागि काम गर्न नहुने सुझाव दिएका थिए । ‘मौद्रिक नीतिलाई दिएको म्यान्डेड अनुसार मुद्रास्फीतिलाई सम्झौता गर्दै अरु काम गर्न पाइँदैन । हाम्रो प्राथमिकता मौद्रिक एग्रिगेटभित्र रहन्छ,’ गभर्नर अधिकारी भन्छन्, ‘आागमी वर्ष मौद्रिक विस्तार कति गर्ने ? निजी क्षेत्रमा आगामी आर्थिक वर्ष कति कर्जा विस्तार हुन्छ ? मौद्रिक नीतिमा त्यसलाई प्राथमिकता दिन्छौं ।’

नीति क्षेत्रको आकांक्षा अनुरुप मौद्रिक नीति ल्याउन नसकिने भएकाले धेरै कसिलो पनि नहुने जनाएका छन ।

ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु, करिब १०० बालबालिकाको अवस्था अज्ञात

0

ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ ।

बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ ।

उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु पनि थिए । दुर्घटनाबाट बाँचेकाहरुले बालबालिकाको संख्याबारे जानकारी दिएको बीबीसीले जनाएको छ । ती महिला र बालबालिकाहरुको अवस्था अज्ञात छ । दुर्घटना बाँचेकाहरुमा धेरैजसो पुरुषहरु छन् । त्यसैले महिला र बालबालिकाहरुको हताहती भएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।

क्षमताभन्दा धेरै मानिस भएकाले डुंगा दुर्घटना भएको अनुमान छ । ग्रिसको सरकारी टेलिभिजन ईआरटीका अनुसार डुंगा दुर्घटनापछि कोस्टगार्डका १२ जनालाई हिरासतमा लिइएको छ । ग्रिस कोस्टगार्डले प्रवासीहरुले खचाखच भरिएको डुंगा देखेको तर रोक्ने कोसिस नगरेको आरोप छ ।

सुरक्षा खतराले काठमाडौंका हलमा रोकियो ‘आदिपुरुष’को बिहानी प्रदर्शन

0

भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर सिता भारतीय हुन भन्ने डाइलगलाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् ।

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् । फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ ।

सुरक्षा त्रासको कारण हलहरुले बिहानी शो रोकेका हुन् । तोडफोड हुनसक्ने , हुलदङ्गा हुनसक्ने वा नगर प्रहरिले रोक्न सक्ने भएपछी सो रोकिएको हो ।

त्यसैले छाता सङ्थाको निर्देशनको पालना गर्दै हलहरुले प्रदर्शन रोकेका हुन् । बिहानी शोमा विक्री भैसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने ब्यवस्था हलहरुले गरेका छन् । चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार बिहीबार रातीसम्म १५ लाख रुपैयाँ (६ हजार टिकट) बराबरको आदिपुरुषको टिकट विक्री भैसकेको देखिएको छ ।

चलचित्र संघले बोलायो आकस्मिक बैठक

काठमाडौं महानगरका मेयर बालेन शाहको अभिव्यक्तिपछि उत्पन्न परिस्थितीलाई लिएर चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

‘हिन्दी फिल्मलाई लिएर विगतमा भएका घटनालाई लिएर गम्भीर छौं । बालेनजीको भनाई र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुन्छ । बालेनजीले कुन सन्दर्भमा बोल्नुभएको हो, त्यो कुराको छलफल हुन्छ । उहाँले समय तोकेरै सबै हिन्दी फिल्म रोक्ने अभिव्यक्ति दिनुभएको छ । कसरी अघि बढ्ने निधो गर्छौं’ संघका एक सदस्यले भने ।

मेयर शाहले फिल्ममा समावेश जानकी भारतकी छोरी हुन् भन्ने विवादित अभिव्यक्तिलाई भारतमा समेत नसच्चाएसम्म काठमाडौं महानगरमा फिल्म प्रदर्शन हुन नदिने स्टाटस लेखेका थिए । उनले तीन दिनको डेट तोकेरै लेखेकाले चलचित्र संघले यसबारे बैठक बोलाएको हो । तर, नेपालको सेन्सर बोर्डले भने विवादित वाक्य हटाउँदै फिल्मलाई प्रदर्शनको अनुमति दिइसकेको छ ।

यसैबीच केही सांसद र दलको भातृ संगठनका नेताहरुले पनि फिल्मलाई लिएर विरोध जनाइरहेका छन् । फिल्म निकायका सबै संस्थाले पनि फेसबुकमा स्टाटस लेख्दै आपत्ति व्यक्त गरिरहेका छन् । केही भारतीय संचारमाध्यमले समेत यो प्रकरणलाई प्राथमिकता दिँदै समाचार प्रकाशन प्रसारण गरेका छन् ।

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपिओ सर्वसाधारणलाई खुल्ला तर बहिस्कार अभियान चल्दै

0

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सर्वसाधारणलाई आज ३२ जेठ बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनिले यसअघी आयोजना प्रभाबित स्थानिय र बैदेशिक रोजगारीमा रहेकाहरुलाई आइपीओ बिक्री खुल्ला गरिसकेको छ । तर स्थानियले उक्त आइपिओ बहिस्कार गरेका कारण बिक्री भएको छैन । त्यसैले सो कित्ता समेत थपेर आइपिओ जारी गरेको छ ।


घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपिओ खुल्ला भएतापनी बहिस्कार अभियान चलिरहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उद्योग प्रभावित क्षेत्रका स्थानियलाई ३०० रुपैयाँ प्रिमियम थप गरेर ४०० रुपैयाँ र सर्वसाधारणलाई ३३५ रुपैयाँ प्रिमियम थप गरेर ४३५ रुपैयाँ प्रतिकित्तामा सेयर निष्कानस गर्ने अनुमति पाएको थियो । कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्ने स्वीकृति पाएकोमा अब कर्मचरी, सामूहिक लगानी कोष, उद्योग प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीले नकिनेको ८ लाख ७४ हजार ३८२ कित्ता थप गरेर कुल ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणलाई प्रतिकित्ता ४३५ रुपैयाँको दरले निष्कासन खुला गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा छिटोमा ४ असारसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि १४ असारसम्म थप हुनेछ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रदेश प्रमुखले जारी गरे बजेट अध्यादेश, आजै सार्वजनिक गर्ने तयारी

0

कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार आर्थिक अध्यादेश र विनियोजन अध्यादेश जारी गरेका छन् ।

आजै बजेट सार्वजनिक गर्ने तयारी छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार आजै बजेट सार्वजनिक गर्ने तयारी छ ।

माओवादी केन्द्रको समर्थन फिर्तापछि अल्पमतमा परेको सरकारको नीति तथा कार्यक्रम बुधबार मात्र प्रदेशसभामा पेश भएको थियो । तर साँझ अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो ।