15.7 C
Nepal
Thursday, October 24, 2024

लसुनलाई सुन भनेर घोराहीले सोझा लगानिकर्तालाई झुक्याएर आइपीओको नाममा लुट्दै

घोराही सिमेन्टले हिजो बिहीवारबाट सर्बसाधारणलाई प्रिमियममा आइपिओ जारी गरेको छ । तर यो आइपिओ बिबादको भुमरिमा फसेको छ ।
गएको छ महिना पचास पैसा प्रती सेयर आम्दानी भएको घोराही सिमेण्टले बाँकी छ महिनामा ११ रुपैया प्रतिसेयर आम्दानी गर्ने भन्दै झुठ्ठा कुरा गरेर दिउसै रात पार्ने काम गरेको छ ।


जबकी अहिलेको आर्थिक मन्दिमा सिमेन्टको बिक्री पनि पनि घटेको छ। कम्पनिले १०० रुपैयामा ३३५ रुपैया थपेर प्रिमियममा आइपिओ जारी गरेको कम्पनिको विवरणहरु पनि शन्कासपद देखिन्छन ।

नियामक निकाय तथा अन्य निकायलाई प्रभाबमा पारेर अर्बौ रकम वक्यौता बिद्युत प्राधिकरणमा रहेको कम्पनिले तिर्नुपर्ने रकम आफ्नो विवरणमा समाबेश नगरि झुक्याउने गरी बिबरण तयार गरेर सोझा जनतालाई फसाउन सकिने दुसित मनासायले १०० रुपैयाको सेयर ४३५ मा बेचिरहेको छ ।


एक अर्ब २८ करोड नेपाल बिध्युत प्राधिकरणको वक्यौता तिर्न बाँकी देखिन्छ । २ अर्ब साँढे ३१ करोड रुपैया अहिले सर्बसाधारणबाट उठाउन खोजिरहेको कम्पनिको आर्थिक स्थिती एकदमै कमजोर देखिन्छ ।


यो कम्पनिको दिर्घकालिन ॠण १० अर्ब रहेको देखिन्छ भने अल्पकालिन ॠण ४ अर्ब ६४ करोड रहेको देखिन्छ । यसरी हेर्दा १४ अर्ब ६४ करोड त यसको ॠण मात्र देखिन्छ वक्यौता समेत जोड्दा त यो रकम झन्डै १६ अर्ब यसको दाहित्व देखिन्छ । यो दाहित्व लगानिकर्ताले आइपिओ भरेपछी लगानिकर्ताको थाप्लोमा सर्नेछ सेयर स्वामित्व अनुपातमा ।


अझ रोचक कुरा त के छ भने यसले खुद नाफा ०.८६ मात्र रहेको छ । यसको अर्थ के हो भने कम्पनिले १०० रुपैया लगानी गर्दा ०.८६ पैसा कमाउछ यानिको १०० रुपैमाको लगानिमा १ रुपैया पनि कमाउदैन अझ प्रस्ट रुपमा भन्दा कम्पनिले १ करोड लगानी गर्‍यो भने ८६ हजार मात्र नाफा कमाउछ । यस्तो पत्तुर कम्पनिलाई धितोपत्र बोर्डले के आधारमा राम्रो कम्पनी भनेर प्रिमियममा आइपिओ जारी गर्न दियो ? यो कुरा कि त पशुपतिनाथ जानुन कि त धितोपत्र बोर्ड नै जानोस ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here