31.6 C
Nepal
Friday, September 20, 2024

एनआइसी एसिया बैंकको करिब ३४ ठाउँमा सेवा बन्द , के बैंक डुब्न लागेको हो ? बैंकले किन बोल्यो झुट ?

२०८० बैसाख १ यता आजसम्म एनआइसी एसिया बैंकको करिब ३४ ठाउँका सेवा बन्द भएको विवरण प्राप्त भएको छ । केही समय अघी बैंकका ५० बढी शाखा बन्द गर्न राष्ट्र बैंकमा निबेदन दिएको खबर बाहिरिएको थियो । त्यसपछी उक्त बैंकले शाखा बन्दको खबरमा सत्यता नभएको भन्दै बिग्यप्ती जारी गरेको थियो । तर उक्त बिग्यप्तीमा एनआइसी एसियाले झुट बोलेको पाइएको छ । बैंकले सत्य कुरा बाहिर ल्याउनुको साटो आफ्नो गल्तिमा पर्दा लाउन बिग्यतीको सहारा लिएको देखिन्छ ।

बैंकले बैशाखमा ४ शाखारहित सेवा , जेठमा १७ (शाखारहित र बिस्तारित काउन्टर समेत ) र साउनमा ४ ठाउँमा , कात्तिकमा पनि ४ ठाउँको र माघमा ५ ठाउँको सेवा बन्द गरेको श्रोतको भनाइ छ । यसरी अहिलेसम्म ३४ ठाउको शाखारहित बैंकिङ सेवा र बिस्तारित शाखा काउन्टरहरु बन्द भएको पाइएको छ ।

तर बैंकले शाखा बन्द गर्न निबेदन दिएको खबर बाहिरिदा उक्त खबरमा सत्यता नभएको बताएको थियो तर बैंकले झुट बोलेको पाईएको हो ।

शाखारहित बैंकिङ सेवा र बिस्तारित शाखा काउन्टररु बन्द हुनु ठुलो कुरा नभएतापनी बैंकले यो कुरा किन लुकाउन खोज्यो भन्ने रहस्यमही बनेको छ । शाखारहित बैंकिङ सेवा र बिस्तारित शाखा काउन्टरु अन्य बैंकले पनि बन्द गर्ने गरेका छन । सोचेको लक्ष प्राप्त भएन भने बैंकले यस्तो सेवा बन्द गर्न सक्छन तर यस बैंकले यो कुरा लुकाउन खोज्नुले सङ्का पैदा गरेको छ ।

बैंकले झापा, सिराहा , ईटहरीका बिभिन्न ठाउमा केही समय अघी मात्र आफ्नो सेवाहरु बन्द गरेको पाईएको छ ।

बैंक डुब्न लागेको हो त ?
बित्तिय विवरण हेर्दा त्यस्तो देखिन्दैन तर बित्तिय विवरणमै छेडखानी गरेको आरोप एनआइसी एसिया बैंकलाई लागेको । राष्ट्र बैंकमा गलत विवरण बुझाएको आरोप पनि बैंकलाई लागेको छ । राष्ट्र बैंकले आवश्यक जाच गरिरहेकोले सत्यता चाडै आउनेनै छ । तर हाल बैंक विबादै बिबादले घेरिएको छ ।

बचतकर्ताहरु डराएर आफ्नो पैसा निकालिरहेको पाईएको छ । बिभिन्न माध्यमबाट बैंकले राष्ट्र बैंकको नियम नमानेको , राष्ट्र बैंकले कारबाही गर्ने भएपछी बैंकको एक उच्च अधिकारीले राजिनामा दिएको ,रास्ट्र बैंकमा गलत विवरण पेस गरेको, कर्जा प्रबाह गर्दा नियम उल्लङ्घन गरेको बिषय बाहिरिएको थियो । यस्ता बिषय बाहिरिएपछी निक्षेपकर्ताहरुले जे पनि हुन सक्ने भन्दै आफ्नो पैसा निकाल्न थालेको बुझिन्छ । निक्षेपकर्ताले यसरी नै निरन्तर पैसा निकाल्ने अथवा हल्लाको असरले एक्कासी धेरै निक्षेप निकाल्न निक्षेपकर्ताहरु बैंकमा गएमा बैंकले दिन सक्दैन र यदी त्यसो भएमा बैंकमा ठुलो सङ्कट आउन सक्ने देखिन्छ । यस्तो भएमा बैंक नडुब्ला भन्न सकिदैन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here