23.1 C
Nepal
Sunday, September 28, 2025

सर्वसाधारणका लागि सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

सानिमा बैंक लिमिटेडले ६ हजार ८७७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारणका लागि आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।

यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारण तथा कम्पनीका लागि संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य १४० रुपैयाँ निर्धारण गरिएको छ । आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here