23.1 C
Nepal
Sunday, September 28, 2025

सर्वसाधारणका लागि गरिमा विकास बैंकको २.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २ लाख १२ हजार ८३४.६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकहरबाट केही कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएकाले बिक्री हुन बाँकी सेयर आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यसर्थ सेयर खरिद गर्न इ्रच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

यसरी आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयरको व्यहोरा खुलाउनु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here