22.1 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 34

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल २२ हजार ६९६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ । अन्यथा संस्थापकभन्दा बाहिर सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

सेयरको मूल्य बिक्रीकर्ता र खरिदकर्ताको आपसी समझदारीमा हुने जनाइएको छ ।

९६.८९ लाख कित्ता श्वेत गंगा हाईड्रोको सेयरको लक इन अवधि साउनमा समाप्त हुदै

श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको लक इन समयावधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ९६ लाख ८९ हजार ५०० कित्ता सेयरको लक इन अवधि साउन १७ गते समाप्त हुन लागेको हो ।

कम्पनीका अनुसार उक्त मितिमा कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको हो।

लक इन अवधि खुल्न लागेको कुल सेयरमा ७३ लाख कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको १५ लाख ९३ हजार कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ७ लाख ९६ हजार ५०० कित्ता रहेको छ ।

कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा आज, ८% नगद लाभांश पारित हुने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा आज हुँदैछ। सभा काठमाडौं नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १०:३० बजेबाट सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ८ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरणको प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ। साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणनेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएका वित्तीय विवरणहरू माथि छलफल गरी पारित गरिनेछ।

सभामा २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

त्यस्तै, सभाले सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको २०८०/८१ को वित्तीय विवरण र खर्च स्वीकृति दिने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २८ गते बुक क्लोज गरेको थियो। यसर्थ, जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

सांग्रिला डेभलपमेन्ट बैंकले १ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा राख्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख २९ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको यो सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो।

कम्पनीका अनुसार,
👉 १ लाख १५ हजार ५१८ कित्ता सेयर संस्थापक सेयरधनीहरूकै लागि बिक्रीमा राखिएको छ भने,
👉 १४ हजार ३१२ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाहरूका लागि बिक्रीमा राखिएको छ।

संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यस्तै, सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखिएको सेयर खरिद गर्न चाहनेले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।

लगानीकर्ताहरूले काठमाण्डौं बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा पुगेर खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ।

यो सेयर बिक्री प्रक्रियाले सांग्रिलाको स्वामित्व संरचना र बजारको गतिमा असर पार्ने अपेक्षा गरिएको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.९४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले आजदेखि यो सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।

यस सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरू मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र कम्पनीको बबरमहलस्थित प्रधान कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।

कम्पनीले निर्धारित समयभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति वा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ।

यो बिक्री प्रक्रियाले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वामित्व संरचनामा परिवर्तन ल्याउने सम्भावना रहेको छ भने नेप्से बजारमा पनि यसले चासो सिर्जना गरेको छ।

एशियन लाइफद्वारा साधारण सभा बोलायो

0

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको छ। उक्त सभा असार ३० गते बाराको सिमरामा रहेको होटल इच्छामा दिउँसो १ बजेदेखि आयोजना हुनेछ । उक्त सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि( वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै बोनस सेयर वितरणपश्चातको हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवतरण सहित अनुसूचीहरु पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

सभामा ३ जना संस्थापक, २ जना सर्वसाधारण र एकजना स्वतन्त्र सञ्चालक मनोनित गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १९ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

आज दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा

दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको साधारण सभा आज हुने भएको छ । कम्पनीको साधारण सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्युमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।

यसअघि जेठ २२ गते आयोजना हुने तय भएको कम्पनीको दुई आर्थिक वर्षको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।

आज आयोजना हुने सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आव २०७९/८० र २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गारी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/८० र २०८०/८१ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको रिक्त रहेको सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत जेठ ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ जेठ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

नेरुडे मिर्मिरे लघुवित्तको ३७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३७ हजार ८०३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु पर्नेछ ।

तोकिएको समयसम्म कुनै लिखित आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

फरवार्ड माइक्रोफाइनान्सको ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी ग्रामिण महिला उत्सुकता विकास मञ्च(फरवार्ड(को नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै सेयर बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बालुवाटारमा रहेको एनएमबी क्यापिटलमा आवेदन दिनु पर्नेछ ।

प्रभु इन्स्योरेन्सले १८.९४७७% लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरूलाई आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनीको असार ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई १८ प्रतिशत बोनस सेयर र ०.९४७७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो। यसरी कम्पनीले कुल १८.९४७७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय लिएको हो।

सञ्चालक समितिले यस निर्णयलाई बीमा प्राधिकरणको स्वीकृतिका लागि पेश गर्ने जनाएको छ। बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरूलाई लाभांश वितरण गरिने छ।

कम्पनीले गत आर्थिक वर्षमा वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो। प्रभु इन्स्योरेन्सले सेयरधनीहरूको दीर्घकालीन हितलाई मध्यनजर गर्दै निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ।