श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको लक इन समयावधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ९६ लाख ८९ हजार ५०० कित्ता सेयरको लक इन अवधि साउन १७ गते समाप्त हुन लागेको हो ।
कम्पनीका अनुसार उक्त मितिमा कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको हो।
लक इन अवधि खुल्न लागेको कुल सेयरमा ७३ लाख कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको १५ लाख ९३ हजार कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ७ लाख ९६ हजार ५०० कित्ता रहेको छ ।
कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।