22.6 C
Nepal
Wednesday, June 25, 2025

फरवार्ड माइक्रोफाइनान्सको ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी ग्रामिण महिला उत्सुकता विकास मञ्च(फरवार्ड(को नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै सेयर बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बालुवाटारमा रहेको एनएमबी क्यापिटलमा आवेदन दिनु पर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here