29.5 C
Nepal
Wednesday, April 15, 2026
Home Blog Page 298

राष्ट्रपति पौडेल पशुपतिमा पूजा गर्न जाँदै

0

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् । उनी आज बिहान ९ बजे पशुपति जाने कार्यक्रम छ । त्यहाँ उनले पूजापाठ गरेर प्रसाद ग्रहण गर्ने छन् ।

राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गौशाला प्रहरीले जनाएको छ ।

पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।

त्यसअघि बिहान ८ बजे पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि नाडेप लघुवित्तको लाभांश प्रस्ताव राष्ट्र बैँकद्वारा रद्द

0

नाडेप लघुवित्तको लाभांश प्रस्ताव रद्द भएको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०% बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६% नगद गरी कुल १०.५२६% लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

तर, नेपाल राष्ट्र बैंकको नियम अनुसार एउटा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रिया तोडिएपछि अर्को कम्पनीसँग मर्जर वा एक्विजिसन सम्झौता नभएसम्म सेयरधनीलाई लाभांश वितरणमा रोक लाग्ने गरेको हो ।

यसअघि, नाडेप र डिप्रोक्स लघुवित्तबीच भएको एक्विजिसन सम्झौता तोडिएको थियो ।

नाडेप लधुवित्तले जारी गरेको सूचना यस्तो छः

यस वित्तीय संस्थाको मिति २०७२।१०।१८ गते बसेको सञ्चालक समितिको १७६ औं बैठकबाट आ.व. २०७८।७९ को वितरण योग्य मुनाफा तथा संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी रू ४८ करोड ५७ लाख साठी हजारको १० प्रतिशतले हुन आउने रु ४,८५,७६,०००र (अक्षरेपी चार करोड पचासी लाख छयहत्तर हजार मात्र० बराबरको बोनस शेयर र सो मा लाग्ने कर प्रयोजनको लागि)।

५.२६ प्रतिशत नगद लाभांश रु २५,५६,६३१।५८र (अक्षरेपी पच्चिस लाख छपन्न हजार छ सय एकतिस रूपैयाँ अन्ठाउन्न पैसा मात्र) समेत गरी जम्मा रु ५,११,३२,६३१५८ र (अक्षरेपी पाँच करोड एघार लाख बत्तिस हजार छ सय एकतिस रूपैयाँ अन्ठाउन्न पैसा मात्र) शेयरधनीलाई बोनश शेयर र नगद लाभांस वितरण गर्न प्रस्ताव गरी सोही दिन तहाँ कार्यालयमा जानकारी गराईएकोमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थासंगको प्राप्ति सम्वन्धी सम्झौताको शर्त बमोजिम प्राप्ति कार्य सम्पन्न हुन नसकी सैद्धान्तिक सहमति वदर भई अर्को कुनै वित्तीय संस्थासंग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि शेयरहोल्डरहरूलाई दिने लाभांश वितरणमा नेपाल राष्ट्र बैंकबाट प्रतिवन्ध लगाईएकोले प्रस्तावित लाभांश वितरण गर्न नसकिने अवस्था भई मिति २०७२।१०।२९ गते दिउसो ३ः०० बजे बसेको सञ्चालक समितिको १७७औं बैठकको निर्णयबाट उपरोक्त बमोजिम प्रस्तावित लाभांश रद्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

साइबर व्यूरोको चेतावनी : बच्चा चोरी गर्ने व्यक्ति भित्रिएका छैनन्, भ्रम फैलाए कारबाही हुन्छ

0

प्रहरीले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको कुनै सूचना नभएको बताएको छ ।

साइबल व्यूरोले सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको बताएको हो ।

‘सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनै पनि प्रहरी कार्यालयमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी/सूचना प्राप्त भएको छैन,’ व्यूरोले सूचनामा उल्लेख गरेको छ ।

पछिल्ला दिनमा भारतबाट सामाजिक सञ्जालमा जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्ति नेपाल प्रवेश गरेको अफवाह फैलिएपछि साइबर व्यूरोले सूचना जारी गरी कारबाहीको चेतावनी समेत दिएको छ ।

‘सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जोकोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरासमेत जानकारी गराउँदछौं’. सूचनामा उल्लेख छ ।

प्रहरीले सामाजिक सञ्जालमा भ्रम फैलाइए जस्तो नेपालका कुनै पनि प्रहरी युनिटमा त्यस्तो सूचना प्राप्त नभएको उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै व्यूरोले विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न सूचित गरेको छ ।

सामाजिक सञ्जालमा बच्चा छोरी हुने सूचना भाइरल भएपछि नागरिक आतंकित भएका छन् ।  विद्यालय र सरोकारवालाले समेत सतर्क रहन सूचना जारी गरेका छन् ।

चोलेन्द्रले नाम लिएकाहरुलाई बोलाउने महाअभियोग सिफारिस समितिको निर्णय

0

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो । समितिका सदस्य  कांग्रेस सांसद मीन विश्वकर्माका अनुसार कस-कसलाई बेलाउने भन्ने नाम तय भइसकेको छैन ।

आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई आरोपित गरेका थिए ।

सत्ता गठबन्धन राष्ट्रपतिको राजिनामा माग्ने तयारी,  राष्ट्रपतिले राजीनामा नदिए नागरिकता विधेयक उपराष्ट्रपतिबाट ‘लालमोहर’ ! 

0

भदौ १६ गते गठबन्धनको सीट बाँडफाँटसम्बन्धी बैठक चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । विवादास्पद नागरिकता विधेयकबारे राष्ट्रपतिसँग परामर्श गर्न अघिल्लो दिन पार्टीका अन्य नेतासहित गएका प्रचण्ड त्यस दिन भने एक्लै गएका थिए ।

उनले सार्वजनिकरूपमा प्रतिक्रिया दिएका थिए- ‘नागरिकताका सन्दर्भमा राष्ट्रपतिज्यू र मेरो समान धारणा छ ।’ तर, राष्ट्रपति र प्रचण्डबीचको एक्ला-एक्लै छलफलमा नागरिकता विधेयक जस्ताको त्यस्तै जारी नहुने संकेत उनले पाए ।

उनले गठबन्धनको शीर्ष बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको र संसद‍्बाट जस्ताको तस्तै पारित गरेर फेरि पठाइएको नागरिकता विधेयक स्वीकृत गर्ने लक्षण आफूले नदेखेको भन्दै सम्भावित विकल्पबारे सोच्न प्रस्ताव राखेका थिए । त्यसको एक सातापछि उनले पोखराबाट नागरिकता विधेयक स्वीकृत नगरे राष्ट्रपतिले राजीनामा गर्नुपर्ने वा आफूहरू अदालत जाने बताए ।

नागरिकता विधेयकमा राष्ट्रपति र आफूबीच समान धारणा रहेको भनेका प्रचण्ड एक साताभित्रै किन फेरिए ? यो प्रश्न एकातिर उठेको छ भने अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनका लागि तत्कालै अर्को विधेयक ल्याए सरकारलाई सघाउने भने लगत्तै प्रचण्डले अदालत र राष्ट्रपतिको राजीनामाको विषय उठाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

संसद्ले पहिलो पटक पारित गरेर पठाएको नागरिकता विधेयक स्वीकृत गर्नुभन्दा राष्ट्रपतिले राजीनामा दिने चर्चा हुँदा त्यस बेला माओवादी पंक्ति उत्साहित भएको थियो । राष्ट्रपतिले राजीनामा दिने कुरा सत्ता गठबन्धनमै चर्चा भएर बाहिरिएको थियो । त्यसै बेला राष्ट्रपतिको निजी निवास रंगरोगन समेत हुनुले त्यसलाई थप बल पुगेको थियो ।

राष्ट्रपतिले संसद‍्मा फिर्ता पठाएको विधेयक पुनः पारित गरेर पठाइएको सोमवार एक साता पुग्दैछ । असोज ४ गतेसम्म राष्ट्रपतिले सो विधेयक जारी गर्नुपर्ने संवैधानिक बाध्यता छ । जारी नगर्ने हो भने के हुन्छ भन्ने संविधानले बोल्दैन । तर, राष्ट्रपतिबाट फेरि फिर्ता पठाउने संवैधानिक व्यवस्थासमेत नरहेकाले जारी नगर्नु भनेको संविधानको बर्खिलाप हुनेछ ।

यो बुझेरै प्रचण्डले राष्ट्रपतिबाट नागरिकता विधेयक जारी नभए राजीनामा वा अदालतको प्रसंग ल्याएका हुन् । गठबन्धनसँग संविधान उल्लंघनको आरोपमा महाअभियोग लगाउने विकल्प पनि थियो । तर, संसद असोज १ बाट नरहने भएकाले महाअभियोगको सम्भावना समाप्त भइसकेको छ ।

राष्ट्रपतिको सम्भावित कदमबारे बुझेरै प्रचण्ड शीतल निवासबाट फर्किएपछि बालुवाटारमै कानूमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितको छलफल भएको स्रोतले जनाएको छ । राष्ट्रपतिले नागरिकता विधेयक जारी नगर्दा र राजीनामा पनि नगर्दाको अवस्थामा के गर्ने भन्ने विषयमै शीर्ष नेताहरूले परामर्श गरेका छन् । त्यसकै आधारमा प्रचण्डले अदालत जाने बताएका छन् ।

स्रोतका अनुसार बालुवाटारबाटै राष्ट्रपतिविरुद्ध अर्को परमादेश माग्न अदालत जाँदा के हुन्छ भन्ने सन्दर्भमा कामु प्रधान न्यायाधीश दीपक कार्की र अर्का न्यायाधीश प्रकाशमान सिंह राउतसँग पनि कुराकानी भएको छ । कार्की असोज १६ मा अवकाश हुने र अहिले इजलासमा बस्न नमिलेका कारण कांग्रेस राजनीतिमा न्यायाधीश बनेका राउतमार्फत सेटिङ मिलाउन खोजिएको आशंका पनि छ ।

राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै उपराष्ट्रपतिबाट विधेयक जारी गर्ने परमादेश माग्न गठबन्धन जाने सम्भावना बढेको छ । राष्ट्रपतिविरुद्ध सभामुख नै अदालत गइसकेको नजिर बसिसकेका कारण गठबन्धन सरकारको तर्फबाट महान्यायाधिवक्ता आफैँ रिट बोकेर अदालत जान सक्ने आँकलन समेत गरिएको छ ।

स्रोतले भन्यो, ‘असोज ४ गतेसम्म राष्ट्रपतिबाट विधेयकलाई कानूनको मान्यता नदिइए संविधान उल्लंघन हुन्छ । संविधानको संरक्षकबाटै संविधान उल्लंघन भयो भने सरकार जाने भनेको अदालतमै हो । यसअघि असार २८ को परमादेशमै राष्ट्रपतिका संवैधानिक सीमाहरू तोकिएको छ । अब अर्को परमादेशमार्फत राष्ट्रपतिले संविधान उल्लंघन गरेकाले उपराष्ट्रपतिबाट सो काम गर्नू गराउनू भन्ने फैसला हुनसक्छ ।’

अहिले अदालत गठबन्धनको लागि कम्फरटेबल भएकाले पनि राष्ट्रपतिबाट राजीनामा नआएको अवस्थामा परमादेश लिने सहज बाटो खोजिएको हो । तर, यसबीचमा राष्ट्रपतिबाट सर्वोच्च अदालतसँग राय लिने संवैधानिक व्यवस्था नभए पनि सोही प्रकृतिको रिट दर्ता भयो भने परिस्थिति अर्को दिशामा जान सक्छ ।

राष्ट्रपतिले अदालतबाट संवैधानिक व्याख्या मगाउने सिधा संवैधानिक बाटो नरहे पनि घुमाउरो बाटो प्रयोग गर्न सकिने सुझाव पनि कतिपयले दिएका छन् । नागरिकता विधेयकका सन्दर्भमा मुलुक विभाजित छ र बहुसंख्या यो विधेयक राष्ट्रपतिबाट जारी नहोस् भन्नेमा देखिन्छ । त्यसैले पनि यस पटक राष्ट्रपतिले लिने कदमले बहुसंख्यक जनताको भावनाको कदर गर्ने भएकाले पनि सरकार सजग छ ।

राष्ट्रपतिले विधेयक केही पनि नगरी थन्क्याएर राखेको अवस्थामा के गर्ने ? यसबारे पनि सरकार छलफलमा छ र सम्भवतः त्यसकोविरुद्ध पनि सरकार अदालत जान सक्छ ।

दार्चुलामा बाढी–पहिरोको बितण्डा : ५ जनाको मृत्यु, १० जना बेपत्ता

0

शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बाढी पहिरोले दुई वटै स्थानीय तहका ६० घरपरिवार विस्थापित भएको जानकारी दिए । उनका अनुसार कुल ९१ घरमा क्षति भए पनि ४२ घर भने पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । ९ घरमा आशिंक क्षति र ४० घर उच्च जोखिममा परेका छन् ।
पूर्ण, आंशिक र जोखिममा समेत गरेर महाकाली नगरपालिकामा ६२ र नौगाड गाउँपालिकामा २९ घर रहेका छन् ।

बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन् । पहिरोबाट घाइते ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक मगरले बताए । उनका अनुसार नौगाड गाउँपालिका–२ कि १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्की, महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

उनीहरुमध्ये चार जना घरमाथिबाट आएको पहिरोमा पुरिएको अवस्थामा मृत भेटिएका हुन् भने मानमती कार्की भने महाकाली नदीले बगाएको अवस्थामा भेटिएकी हुन् ।

दुई पालिकामा गरी चार पुरुष र ६ महिला गरेर १० जना बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएको छ ।

शनिबार रातिसम्म बेपत्ताहरुको अवस्था पत्ता लगेको छैन । अब आइतबार बिहानैदेखि पुनः खोजी कार्यलाई तिव्रता दिने प्रहरीले जनाएको छ ।

महाकाली नगरपालिकाको लास्कुखोलामा आएको बाढी ।
महालकाली नगरपालिकाको लास्कु खोलामा आएको बाढीले दुई वटा झोलुङ्गे र एउटा मोटररेवल पुल बगाएको छ भने एउटा विद्यालय, विद्युत पावर हाउसमा पूर्ण रुपले क्षति गरेको छ । बाढीपहिरोमा परेर २६३ पशुचौपाया मरेका छन् भने ७ वटा जीप तथा कार, एउटा ट्रयाक्टर र एउटा डोजर हराएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिराले महाकाली नगरपालिकाका १, २, ३ र ३ नम्बर वडा र नौगाड गाउँपालिकाका १ देखि ६ सम्मका सबै वडा प्रभावित भएका छन् । प्रभावित भएकाहरुलाई तत्काल स्थानीय विद्यालय तथा सार्वजनिक भवनहरुमा व्यवस्थापन गर्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।

उनका अनुसार नेपाल रेडक्रस सोसाइटीको समन्वयमा प्रभावित मानिसहरुलाई सुरक्षित स्थानमा राखेर खानाको व्यवस्थापन गर्ने काम पनि भइरहेको छ । कतिपय मानिस भने आफन्तकोमा बास बसेको प्रहरीको भनाइ छ ।

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

0

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् ।

दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।

असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुने छ । असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने प्रहरी प्रधान कार्यालय नक्शालले जनाएको छ ।

म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउने छन् । उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ (हिमाली जिल्लामा खटिनेलाई थप १ हजार), आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउने छन् ।

नेशनल माइक्रोफाइनान्सको ६२,५०० कित्ता सेयर बिक्रिमा, मूल्य कति ?

0

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ६२ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य ७ सय ५० रूपैयाँ तोकिएको छ ।

संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई असोज २७ गते कार्यलयभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको सेयर रजिष्टार्ड एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएको छ ।

उपेन्द्र यादवलाई कुर्दाकुर्दै स्थगित भयो सत्ता गठबन्धनको बैठक

0

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक भोलिसम्मलाई स्थगित गरिएको छ । गठबन्धनको एक प्रमुख घटक जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो ।

बैठक भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको थियो । काठमाडौं उपत्यकामै भएका नेताहरु पनि निर्धारित समयमै जुट्न सकेनन् । साँझ ६ बजेसम्म पनि नेताहरु बालुवाटारमा जाने क्रम चलेको थियो ।

बालुवाटारमा भेला भएका नेताहरु जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रतीक्षा गर्दै उनी आएपछि बैठक सुरु गर्ने भन्दै बसिरहे । तर यादव रात परिसक्दा पनि आउन सकेनन् ।

जसपा प्रवक्ता सुमनले हवाई उडान डिले भएकाले अध्यक्ष यादव बैठकमा आउन नसकेको बताए । ‘आउन चाहँदाचाहँदै पनि उहाँ (उपेन्द्र यादव)आउन ढिला भयो, त्यसैले भोलि बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भयो,’ सुमनले भने ।

अब म प्रधानमन्त्री बन्छु: पुष्पकमल दाहाल प्रचन्ड

0

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर देशको अर्थतन्त्र सुधार गर्ने बताएका छन् । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताए। अध्यक्ष दाहालले राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने स्पष्ट पारे ।

उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानुनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिबद्धता समेत जनाए । उनले राजनीतिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाईमा पुर्याउने दाबी गरे ।