20.6 C
Nepal
Thursday, September 19, 2024

डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि नाडेप लघुवित्तको लाभांश प्रस्ताव राष्ट्र बैँकद्वारा रद्द

नाडेप लघुवित्तको लाभांश प्रस्ताव रद्द भएको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०% बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६% नगद गरी कुल १०.५२६% लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

तर, नेपाल राष्ट्र बैंकको नियम अनुसार एउटा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रिया तोडिएपछि अर्को कम्पनीसँग मर्जर वा एक्विजिसन सम्झौता नभएसम्म सेयरधनीलाई लाभांश वितरणमा रोक लाग्ने गरेको हो ।

यसअघि, नाडेप र डिप्रोक्स लघुवित्तबीच भएको एक्विजिसन सम्झौता तोडिएको थियो ।

नाडेप लधुवित्तले जारी गरेको सूचना यस्तो छः

यस वित्तीय संस्थाको मिति २०७२।१०।१८ गते बसेको सञ्चालक समितिको १७६ औं बैठकबाट आ.व. २०७८।७९ को वितरण योग्य मुनाफा तथा संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी रू ४८ करोड ५७ लाख साठी हजारको १० प्रतिशतले हुन आउने रु ४,८५,७६,०००र (अक्षरेपी चार करोड पचासी लाख छयहत्तर हजार मात्र० बराबरको बोनस शेयर र सो मा लाग्ने कर प्रयोजनको लागि)।

५.२६ प्रतिशत नगद लाभांश रु २५,५६,६३१।५८र (अक्षरेपी पच्चिस लाख छपन्न हजार छ सय एकतिस रूपैयाँ अन्ठाउन्न पैसा मात्र) समेत गरी जम्मा रु ५,११,३२,६३१५८ र (अक्षरेपी पाँच करोड एघार लाख बत्तिस हजार छ सय एकतिस रूपैयाँ अन्ठाउन्न पैसा मात्र) शेयरधनीलाई बोनश शेयर र नगद लाभांस वितरण गर्न प्रस्ताव गरी सोही दिन तहाँ कार्यालयमा जानकारी गराईएकोमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थासंगको प्राप्ति सम्वन्धी सम्झौताको शर्त बमोजिम प्राप्ति कार्य सम्पन्न हुन नसकी सैद्धान्तिक सहमति वदर भई अर्को कुनै वित्तीय संस्थासंग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि शेयरहोल्डरहरूलाई दिने लाभांश वितरणमा नेपाल राष्ट्र बैंकबाट प्रतिवन्ध लगाईएकोले प्रस्तावित लाभांश वितरण गर्न नसकिने अवस्था भई मिति २०७२।१०।२९ गते दिउसो ३ः०० बजे बसेको सञ्चालक समितिको १७७औं बैठकको निर्णयबाट उपरोक्त बमोजिम प्रस्तावित लाभांश रद्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here