29.5 C
Nepal
Wednesday, April 15, 2026
Home Blog Page 297

यूएईविरुद्ध ब्याटिङ थालेको नेपालको खराब सुरुवात

0

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाइसकेको छ।

ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल आउट हुँदा कुशल मल्ल पनि आउट भएका छन्। आशिफ शून्यमा आउट भएका थिए।

उनलाई युएईका आर्यन लक्राले दोस्रो ओभरको पाँचौ बलमा बोल्ड गरे। यस्तै अर्का ओपनर कुशल भुर्तेल ८ रन बनाएर आउट भए। उनी पाँचौ ओभरको तेस्रो बलमा युएईका आयान खानको डलबिडब्लूको धरापमा परे।

यस्तै आठौं ओभरको पहिलो बलमा कुशल मल्ल ९ रनमै आउट भए। नेपालले ७.१ ओभरमा तीन विकेट गुमाउँदा २२ रन बनाएको स्थिति थियो। कप्तान रोहित पौडेल र भीम सार्की ब्याटिङ गरिरहेका छन्।

उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध एमालेले उजुरी दिने

0

नेकपा एमालेले जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरूद्ध उजुरी दिने भएको छ।

यादवविरूद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा उजुरी दिने तयारी गरिएको एमाले सांसद महेश बर्तौलाले जनाए ।

‘हामी ६ बजेसम्म उजुरी दर्ता गर्नेछौं। यो संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्ने हो। तर उहाँ उठ्नु भएकोले हामीले उजुरी दिन लागेका हौं’, उनले भने।

जसपाले यादवविरूद्ध विरोध आउन सक्ने आशंकामा प्रमिला यादवलाई पनि उम्मेदवार उठाएको छ।
यसअघि शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नहुने बताएका थिए।

‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको छ। आयोगले त्यसै अनुसार निर्देशन दिएको हो,’ थपलियाले भनेका थिए,‘रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले खस-आर्य समुदायका महिलाले पनि उम्मेदवारी दिन पाउनु हुन्न।’

समृद्धि फाइनान्सको हेटौंडा शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

0

समृद्धि फाइनान्सले आज शाखा कार्यालय हेटौंडाबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रम शाखाको प्राङगणमा सम्मन्न भएको थियो । १८ फाल्गुण बाट सुरु गरिएको कार्यक्रम भोलि २७ गते चितवन र २८ गते बुटवल शाखाबाट आयोजना गर्ने तालिका रहेको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत् कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

बैंकले ब्याजदर घटाए आफुहरुले लिएको ऋण तिर्ने उद्योगी व्यवसायीको भनाई

0

उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशसभाको छैटौं साधारणसभामा बोल्दै उद्योगी तथा व्यवसायीहरूले बैंकको ब्याजदर घटाए आफूहरूले बैंकबाट लिएको ऋण तिर्न तयार रहेको बताएका छन् । बिहिबार उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशसभाको छैटौं साधारणसभामा बोल्दै उद्योगी तथा व्यवसायीहरूले यस्तो बताएका हुन्। 

उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिका बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले राष्ट्र बैंकको नीतिकै कारणले बैंक चर्को ब्याज लिएको बताए।  उनले सरकारले नयाँ मौद्रिक नीति ल्याउन समेत माग गरे । 

उपाध्यक्ष श्रेष्ठले भने, ‘अहिले सरकार र राष्ट्र बैंकका कारणले नै उद्योगी तथा व्यवसायीहरू मारमा परेका छन् । सरकार र राष्ट्र बैंकले नयाँ मौद्रिक नीति ल्याएर देशमा निम्तिएको आर्थिक संकटलाई सच्याउनुपर्छ ।’ विश्वमा आएको आर्थिक मन्दीका कारण नेपालमा त्यसको लक्षण देखिन थालेको उपाध्यक्ष श्रेष्ठले बताए । ‘अहिले विश्वमा नै आर्थिक मन्दी आएको छ । नेपालमा बैंकहरू ब्याज बढाएका छन् ।’ उनले भने,‘यसको असर अहिले बजारमा देखिन थालेका छन् ।’

आर्थिक विकासका लागि नीजि क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहेको आर्थिक मन्दीको असर अहिले बजारमा देखिन थालेको यसलाई सच्याउनका लागि सरकारले पहल थाल्नुपर्ने उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए । ठूलाबडाहरूलाई अहिलेको आर्थिकको मन्दीले न छोएको तर साना व्यवसायी तथा सर्वसाधारणमा आर्थिक मन्दीको असर देखिन थालेको अध्यक्ष शाहीले प्रष्ट्याए।

लघुवित्त बचाउन माग गर्दै महिलाहरुले गरे विराटनगरमा  प्रदर्शन

0

लघुवित्त संस्था नै धरासायी हुने गरी भएका गलत कार्य रोक्न माग गर्दै कोसी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन भएको छ । विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरूले शुक्रबार जुलुस प्रदर्शन गर्दै लाखौं महिला संलग्न संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
 
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिएसँगै कर्मचारीहरूसमेत आक्रमणमा पर्न थालेका छन् । बनिबनाऊ संस्थाको संरचना ध्वस्त हुने देखिएपछि आफूहरू सडकमा उत्रन बाध्य भएको सहभागी महिलाले बताएका छन् ।
 
मोरङको कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट भेला भएका लघुवित्त संस्था सम्बद्ध महिलाले संस्था नै खराब हुन भन्ने ढंगको सन्देश दिने गरी भएका गतिविधिले आफूहरूको रोजीरोटीमा समेत असर पुग्ने बताएका छन् । सन्देशमुलक र दबाबमुलक प्लेकार्ड बोकेर सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले लघुवित्तको सेवा प्रवाहबाट नराम्रो भन्दा धेरै राम्रो धेरै भएकाले सरकारले ध्यान दिनुपर्ने नारा लगाएका थिए ।

उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

0

 उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

शाक्यको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् ।

समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले आफ्नो उम्मेदवारीबारे सोच्न जरुरी रहेको बताइन् । लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ’ उनले भनिन् ।

प्रचण्डविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा

0

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथिको रिटमा आज सुनुवाई हुने भएको छ । सुनुवाईका लागि हिजो पेशी तोकिएको उक्त रिट ‘हेर्न नभ्याइने’मा परेको थियो 

उक्त रिट आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको हो । प्रचण्डले २०७६ साल माघ १ गते माघीको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनयुद्धसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता ज्ञानेन्द्र आरन, कल्याण बुढाथोकी लगायत २८ जनाले प्रचण्डलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश माग गर्दै रिट निवेदन दिएका थिए ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक- सरकारको आम्दानी भन्दा खर्च धेरै

0

नेपाल सरकारको आम्दानी र खर्चको हिसाब गर्दा सरकारको आम्दानी भन्दा खर्च २६ प्रतिशत धेरै रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार फागुन २३ गतेसम्म सरकारको आम्दानी ५ खर्ब ९९ अर्ब हुँदा सोही दिनसम्म खर्च भने ७ खर्ब ५३ अर्ब रहेको छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बिक्री खुला

0

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आज (फागुन २६) गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयरलाई आइपिओ  मार्फत बिक्रीमा ल्याएको हो।

जस मध्य १०% (४ लाख ९९ हजार ८७५ कित्तां) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ %  २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको छ।

सबैलाई छुटाएको बाहेक बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले ]सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। 

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कहिलेसम्म दिने आवेदन ?

फागुन  २६ देखि फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सकिने छ।

उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

0

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ ।

संस्थाकाे हिजाे फागुन २५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल बैंक राष्ट्र समक्ष पेश गर्ने निर्णय गरेको छ । 

साथै, सोहि बैठकको संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हाे ।