21.9 C
Nepal
Sunday, February 9, 2025

उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध एमालेले उजुरी दिने

नेकपा एमालेले जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरूद्ध उजुरी दिने भएको छ।

यादवविरूद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा उजुरी दिने तयारी गरिएको एमाले सांसद महेश बर्तौलाले जनाए ।

‘हामी ६ बजेसम्म उजुरी दर्ता गर्नेछौं। यो संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्ने हो। तर उहाँ उठ्नु भएकोले हामीले उजुरी दिन लागेका हौं’, उनले भने।

जसपाले यादवविरूद्ध विरोध आउन सक्ने आशंकामा प्रमिला यादवलाई पनि उम्मेदवार उठाएको छ।
यसअघि शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नहुने बताएका थिए।

‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको छ। आयोगले त्यसै अनुसार निर्देशन दिएको हो,’ थपलियाले भनेका थिए,‘रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले खस-आर्य समुदायका महिलाले पनि उम्मेदवारी दिन पाउनु हुन्न।’

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here