27.1 C
Nepal
Tuesday, October 22, 2024

चोलेन्द्रले नाम लिएकाहरुलाई बोलाउने महाअभियोग सिफारिस समितिको निर्णय

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो । समितिका सदस्य  कांग्रेस सांसद मीन विश्वकर्माका अनुसार कस-कसलाई बेलाउने भन्ने नाम तय भइसकेको छैन ।

आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई आरोपित गरेका थिए ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here