35.6 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 27

सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा गरिएको छ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त खुलामुखी योजनाको लाभांश घोषणा गरिएको हो ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त योजनाका इकाईधनीहरु लाई आर्थिक २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले सिद्धार्थ व्यवस्थित लगानी योजनाका लागि ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित प्रतिफल साउन ११ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधीहरु मात्रै प्राप्त गर्न योग्य हुनेछन् । सिद्धार्थ व्यवस्थित लगानी योजना एक खुलामुखाी योजना हो र यसको लाभांश पुनः लगानी गर्न सकिनेछ ।

निफ्राको खुद नाफा १३.८५% ले घट्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा १ अर्ब १४ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८५ प्रतिशतले कम हो। गत आवको चौथो त्रैमाससम्म निफ्राले १ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको थियो।

आम्दानी र मुनाफा

कम्पनीको खुद ब्याज आम्दानी २५.५१ प्रतिशतले घटेर १ अर्ब ८९ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो आवमा यो रकम २ अर्ब ५५ करोड रुपैयाँ थियो।
तर, खुद शुल्क तथा कमिशन आम्दानी २ करोड १० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको १ करोड १७ लाखभन्दा बढी हो।
समीक्षा अवधिसम्म निफ्राले १ अर्ब ६४ करोड रुपैयाँ सञ्चालन मुनाफा१ अर्ब ९६ करोड रुपैयाँ खुद सञ्चालन आम्दानी आर्जन गरेको छ।

निक्षेप र कर्जा विस्तार

कम्पनीको निक्षेप संकलन ८२ करोड ९८ लाखबाट बढेर ७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।
यस्तै, कर्जा प्रवाह २० अर्ब ८६ करोडबाट बढेर २४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।
निफ्राको रिजर्भ कोषमा ४ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ।

प्रमुख वित्तीय सूचकांक

  • प्रतिसेयर आम्दानी (EPS): ५.३० रुपैयाँ
  • प्रतिसेयर कुल सम्पत्ति मूल्य: १६१.२८ रुपैयाँ
  • प्रतिसेयर नेटवर्थ: ११८.८८ रुपैयाँ
  • मूल्य-आम्दानी अनुपात (P/E): ५९.९६ गुणा
  • तरलता अनुपात: १४६.९२ प्रतिशत
  • इक्युटिमा प्रतिफल (ROE): ४.४९ प्रतिशत

निफ्राले हालको समीक्षा अवधिमा निक्षेप र कर्जा विस्तारमा सशक्त वृद्धि देखाए पनि खुद ब्याज आम्दानीमा कमीले नाफा घटाएको देखिन्छ।

अधिक तरलता भएपछी ८० अर्ब झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ५६ दिनका लागि निक्षेप संकलनको अल्पकालीन उपकरण प्रयोग गर्दै बजारबाट रकम संकलन गर्न लागेको हो।

बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएपछि राष्ट्र बैंकले पछिल्ला हप्तादेखि नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा संकलन गर्दै आएको छ। सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत मध्यान्ह ३ बजेदेखि बोलकबोल प्रक्रिया सुरु हुने नेपाल राष्ट्र बैंकले जनाएको छ।

आवेदन प्रक्रिया

इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोडको गुणकमा बोलकबोल गर्नुपर्नेछ। कुल आह्वान रकमभित्र सफल हुने संस्थाले असोज १ गते साँवा र ब्याज भुक्तानी पाउने छन्।

सहभागिता

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्।

झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने

झापा इनर्जी लिमिटेडले सौर्य ऊर्जा परियोजनाका लागि पहिलो चरणको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ४ लाख ३७ हजार २१९ कित्ता साधारण सेयर सार्वजनिक गर्नेछ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट गत असार ३१ गते प्रति सेयर रू. १०० अंकित दरमा ९ लाख ५० हजार ४७५ कित्ता साधारण सेयर जारी गर्न स्वीकृति पाएको कम्पनीले पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि उक्त सेयर बिक्रीमा ल्याउने जनाएको छ।

सेयरको वितरण

  • प्रत्यक्ष प्रभावित क्षेत्र: शिवसताक्षी नगरपालिका–४ स्थित आयोजना स्थल र १०० मिटर वरपरका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता
  • अप्रत्यक्ष प्रभावित क्षेत्र: सोही वडामा आयोजनास्थल बाहेकका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता
  • वैदेशिक रोजगारीमा रहेका नेपाली: ५७ हजार २९ कित्ता

आवेदन प्रक्रिया

आवेदनकर्ताले न्यूनतम १० र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

  • आयोजना प्रभावित बासिन्दाका लागि आवेदन अवधि: साउन १४ देखि छिटोमा साउन २८ र ढिलोमा भदौ १२ सम्म।
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि: साउन १४ देखि छिटोमा साउन १८ र ढिलोमा साउन २८ सम्म।

कहाँ आवेदन गर्ने ?

आयोजना प्रभावित बासिन्दाले हिमालयन बैंकको देधे शाखा, दमक (१ र २), सुरुङ्गा शाखा, माछापुच्छ्रे बैंकको दमक र सुरुङ्गा शाखा तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक/वित्तीय संस्था, तिनका शाखा र मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेड ले लिएको छ। पहिलो चरणको सेयर वितरणपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने योजना बनाएको छ।

हस्पिटल फर एडभान्स्ड मेडिसिनले आईपीओ निष्कासन गर्ने

हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही साउन २८ गते साधारण सभा डाकेको हो ।

उक्त सभा बुढानिलकण्ड नगरपालिका–९ मा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आईपीओ निष्कासन गर्ने, प्रिमियम मूल्यमा सेयर कारोबारसम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने विशेष प्रस्ीतावहरु पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा सोही अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ । यस्तै सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश तथा बोनस वितरणको प्रस्ताव समेत पारित हुनेछ ।

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्यो

नबिल बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्कासन गरेको हो ।

कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

८ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ । ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

सिन्धु विकास बैंकको नाफामा २८७% वृद्धि, वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाण्डौ । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म उल्लेख्य नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार यस अवधिमा बैंकको खुद नाफा ११ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ करोड ४ लाख रुपैयाँभन्दा २८७.५९ प्रतिशतले बढी हो।

तर, बैंकको खुद ब्याज आम्दानी भने ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी अघिल्लो वर्षको २ करोड १९ लाख रुपैयाँबाट घटेर १ करोड ४३ लाख रुपैयाँमा पुगेको छ।

सञ्चालन मुनाफा भने २ करोड ९६ लाख रुपैयाँबाट बढेर १५ करोड ३५ लाख रुपैयाँ पुगेको छ। नाफामा आएको यो सुधार बैंकको १७ करोड ९० लाख रुपैयाँको इम्पेयरमेन्ट चार्ज रिभर्सलका कारण भएको हो।

निक्षेप र कर्जा घट्यो

समीक्षा अवधिसम्म बैंकको निक्षेप संकलन ५ अर्ब ८९ करोडबाट घटेर ५ अर्ब ६८ करोड रुपैयाँमा पुगेको छ। कर्जा प्रवाह पनि ३ अर्ब ५८ करोडबाट घटेर ३ अर्ब २५ करोड रुपैयाँमा सीमित छ।

वितरणयोग्य मुनाफा ऋणात्मक

बैंकको रिटेन्ड अर्निङ २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ। रिजर्भमा भने १३ करोड ३४ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्म १०.६३ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ६.०३ प्रतिशतमा झरेको छ।

प्रमुख वित्तीय सूचक

  • ईपीएस (प्रतिसेयर आम्दानी): २१.१५ रुपैयाँ
  • प्रतिसेयर कुल सम्पत्तिको मूल्य: १,१४५.३२ रुपैयाँ
  • प्रतिसेयर नेटवर्थ: ८६.७० रुपैयाँ
  • मूल्य आम्दानी अनुपात (P/E): ४०.९९ गुणा
  • तरलता अनुपात: ४३.७२ प्रतिशत

बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी भदौ १५ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न दुईजना संस्थापक सेयरधनीको नाममा रहेको ३१ हजार २२७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ । उक्त मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने म्याद थप

तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा खरिद आवेदन पेश गर्ने समयावधि थप गरिएको छ। कम्पनीले गत असार १६ गतेदेखि हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

यो हकप्रदमा साउन ४ गतेसम्मका लागि आवेदन पेश गर्ने समयावधि दिइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले साउन ११ गतेसम्म म्याद थप गरिएको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्नुका साथै बैंकको कर्जा तिर्न उपयोग गर्ने जनाएको छ ।