21.4 C
Nepal
Monday, July 28, 2025

सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा गरिएको छ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त खुलामुखी योजनाको लाभांश घोषणा गरिएको हो ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त योजनाका इकाईधनीहरु लाई आर्थिक २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले सिद्धार्थ व्यवस्थित लगानी योजनाका लागि ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित प्रतिफल साउन ११ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधीहरु मात्रै प्राप्त गर्न योग्य हुनेछन् । सिद्धार्थ व्यवस्थित लगानी योजना एक खुलामुखाी योजना हो र यसको लाभांश पुनः लगानी गर्न सकिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here