25.3 C
Nepal
Monday, September 29, 2025

अधिक तरलता भएपछी ८० अर्ब झिक्दै राष्ट्र बैंक

spot_imgspot_imgspot_img

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ५६ दिनका लागि निक्षेप संकलनको अल्पकालीन उपकरण प्रयोग गर्दै बजारबाट रकम संकलन गर्न लागेको हो।

बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएपछि राष्ट्र बैंकले पछिल्ला हप्तादेखि नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा संकलन गर्दै आएको छ। सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत मध्यान्ह ३ बजेदेखि बोलकबोल प्रक्रिया सुरु हुने नेपाल राष्ट्र बैंकले जनाएको छ।

आवेदन प्रक्रिया

इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोडको गुणकमा बोलकबोल गर्नुपर्नेछ। कुल आह्वान रकमभित्र सफल हुने संस्थाले असोज १ गते साँवा र ब्याज भुक्तानी पाउने छन्।

सहभागिता

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here