29.5 C
Nepal
Thursday, April 23, 2026
Home Blog Page 241

म्यानपावर व्यवसायीले प्रधानमन्त्रीलाई भने : पैसा बढी लिन पाउनु पर्‍यो

0

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाँदा श्रमिकसँग लिन पाइने सेवा शुल्क वृद्धि गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले श्रमिकसङ्ग बढी पैसा लिन पाउने पर्ने माग गरेका छन । उनिहरुले अहिले लिदै आएको रकम कम भएको बताए ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले बढीमा १० हजार मात्रै सेवा शुल्क लिन पाइने नियम बदल्न गृहकार्य गरिरहँदा व्यवसायीहरु प्रधानमन्त्री भेट्न पुगेका हुन् । अब म्यानपावरले लिन पाउने सेवा शुल्क बढाएर कम्तीमा एक महिनाको तलब बराबर सेवा शुल्क लिनसक्ने व्यवस्था गर्न श्रम मन्त्रालयले तयारी अघि बढाएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारी नेतृत्वमा प्रधानमन्त्री कार्यालय पुगेको टोलीले म्यानपावर कम्पनीले वार्षिक १०० जना कामदार पठाउनु पर्ने बाध्यकारी व्यवस्था हटाउन माग गरेका छन् । वैदेशिक रोजगार ऐनअनुसार आगामी ३१ असारसम्म सरकारले बाधा अड्काउ फुकाउको निर्णय नगरेमा करिब २ सय वटा म्यानपावर कम्पनी लगातार २ वर्षसम्म १०० जना पनि श्रमिक नपठाउने सूचीमा पर्नेछन् । यसलाई रोक्न माग गर्दै व्यवसायीले मन्त्रिपरिषद्‍बाट अघिल्लो २ वर्षमा जस्तै बाधा अड्काउ फुकाउको निर्णय गर्न माग गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यस्ता विषयहरुलाई समाधान गर्ने आश्वासन दिएको व्यवसायीहरूले बताएका छन् ।

स्कुलबाट बच्चा लिएर आउने महिलाहरुको सिक्री लुट्ने समूह पक्राउ

0

स्कुलमा बालबालिका लिन गएका महिलाहरुको घाँटीमा लगाएका सिक्री लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

असार १७ देखि १९ गतेसम्म ललितपुर महानगरपालिकामा चार वटा घटना भएको थियो ।

सबै घटनामा सिक्री लुटपाट वा लुटपाटको प्रयास गर्ने लोलिनकाजी महर्जन भएको प्रहरीले जनाएको छ । ६ वटा चोरी मुद्दा र २ लागु औषध मुद्दामा पक्राउ परेका उनले दुई जनाको सहयोगमा लुटपाट वा प्रयास गरेका थिए ।

घटनामा रविन्द्र महर्जन (स्कुटर) र रोहन नेपाली (मोटरसाइकल) चालकमा रुपमा प्रयोग भएको पाइएको प्रहरीको दाबी छ ।

सीसीटीभी फुटेजमा देखिएअनुसार लोलिनकाजी बच्चा स्कुलबाट लिएर फिर्किएका महिलालाई पछ्याउँथे, र घाँटीमा लगाएको सिक्री लुटेपछि पूर्व योजनाअनुसार अगाडि बसेका मोटरसाइकल/स्कुलमा चढेर भाग्ने गरेका थिए ।

मनाङ एयर हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता

0

मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।

घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन ।

अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।

बैंकमा पैसा बढी भएसी बैंकिङ प्रणालीबाट रु. २० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज तरलता ब्यबस्थापनका लागि फेरि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। असारमा यो चौथोपटक राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो।

यो १४ दिने अवधिको वित्तीय औजार हो। तरलता व्यवस्थापनका राष्ट्र बैंकले रिपो जारी गरी अधिक तरलता बजारबाट तान्ने गर्छ।

जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।

रिपोमा सहभागी हुन बैंकहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ। प

निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो।

घोराही सिमेन्टमा पर्यो करिब पौने ७ लाख आवेदन, साढे ३ गुणा बढीले ओभरसब्सक्राइब्ड

0

घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको अन्तिम दिनसम्म साढे ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। तर, ठूलो परिमाणमा फर्जी आवेदन परेपछि असार ४ गते नेपाल धितोपत्र बोर्डले अनुसन्धान गर्ने भन्दै स्थगित गरेको थियो। तर, पछि फेरि धितोपत्र बोर्डले यो आईपीओको निष्कासन प्रक्रिया फुकुवा गरेको थियो।

धितोपत्र बोर्डले फुकुवा गरेसँगै कम्पनीले गत असार २२ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो।

सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन, दुर्घटनाको सङ्का

0

मनाङ एयरको सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको हेलिकोप्टर एकाएक सम्पर्कविहीन बनेको छ।

हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा पहाड क्षेत्रबाट सम्पर्कविहीन बनेको हो। बेपत्ता हेलिकोप्टर ५ विदेशी र एक नेपाली रहेका छन्। हेलिकोप्टर पाइलट टेकबहादुर गुरुङ रहेका छन्।

सम्पर्कविहीन बनेको हेलिकोप्टरको खोजीका लागि प्रहरी परिचालन गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले भने। ‘अहिलेसम्म हेलिकोप्टरको अवस्थाबारे जानकारी प्राप्त भएको छैन’, उनले भने।

हेलिकप्टर संपर्क बिहिन भएसी बिभिन्न अडकलबाजीहारु सुरु भएका छन ।

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. २० अर्ब निक्षेप

0

बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब निक्षेप थप भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार असार २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५६ खर्ब ९५ अर्ब रुपैयाँ थियो।

असार २४ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ८२.०३ प्रतिशतमा झरेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८२.३१ प्रतिशत थियो।

अन्तरबैंक ब्याजर १.३६ प्रतिशतमा झरेको छ। अघिल्लो दिन असार २३ गते अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत थियो।

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

0

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्काशन खुलाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेर आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेकाे थियो ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गरिसकिएकाे छ ।

५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ र २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १ लाख १ जार १५१ कित्ता सेयरका लागि आईपीओ निष्काशन हुन लागेको हो।

यो आइपिओमा न्यूनतम -१० कित्ता देखी अधिकतम -१००० कित्तासम्म आबेदन दिन सकिनेछ ।

यसमा छिटोमा असार २९ गते र सो अवधिमा माग बमोजिम आवेदन नपरे भने ढिलोमा साउन ९ गतेसम्म आबेदन दिन सकिनेछ ।

सामान्य अङ्कले घट्यो सेयर बजार

0

आज बजार सामान्य अङ्कले घटेको छ । आज ३. ४५ अङ्कले बढ्दै बजार २०७४ अङ्कमा बन्द भएको छ ।

३ अर्ब उनानसी करोड भन्दा बढीको कारोबार भएको छ ।

आज १०१ कम्पनिको मुल्य बढेको छ भने ११२ कम्पनिको मुल्य घटेको छ । त्य्सतै ११ कम्पनिको मुल्य पारीबर्तन भएको छैन ।

रावा ईनर्जी डिभलप्मेन्टको सर्किट लेभलमा कारोबार भएको गुहेस्वरी फाइनान्स ,स्वेत गंगा हाइड्रो , अरुण काभेली हाइड्रो लगायतका कम्पनिले सर्बाधिक कमाएका छन भने हिमालयन हाइड्रो ,सिटी होटल , सुपर माइ हाइड्रो आदिले सर्बाधिक गुमाएका छन ।

देशभरका सरकारी खाता एक सातासम्म भुक्तानी नहुनेगरी रोक्का

0

 देशभरका सरकारी खाता रोक्का गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो। 

महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गए राति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए। उनका अनुसार गएरातिदेखि कुनै पनि रकम भुक्तानी लिन पाइने छैन। 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन।  

राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक आज पनि साटिन सक्नेछन्। तर कानुनअनुसार सोमबारदेखि नयाँ चेक जारी गर्न भने नपाइने सूचना अधिकारी खनालले बताए।

– RSS