22.6 C
Nepal
Thursday, September 19, 2024

सेयर बजारमा सोझा लगानिकर्ता डुबाउने खतरनाक खेल !

आजकल सेयर बजारमा सोझा लगानिकर्ता डुबाउने खतरानाक खेल हुन थालेको देखिएको छ । त्यो खेल हो, सर्किट लगाउने र पम्पिङ एन्ड डम्पिङको खेल ।

आजभोलि कारोबार भएका कम्पनिको २:५५ सम्मको सर्बाधिक कमाउने ( टप गेनर ) र सर्बाधिक गुमाउने (टप लुजर) हेर्नु र ३ बजे पछीको यो सुची हेर्नु मा आकाश पातालको फरक हुन थालेको छ ।

यसको कारण हो, अन्तिम समयमा अप्राकृतिक रुपमा सर्किट लगाउनु । नियमले भन्छ , एउटा कारोबार र अर्को कारोबारमा २ प्रतिसतको मात्र मुल्यको फरक हुन सक्छ । त्यो भन्दा बढी बढाउन र घटाउन पाइन्दैन । तर नेपालको कानुन दैबले जानुन भने जसरी यो नियमको खिल्ली उडाइन्छ । यो नियमलाई काट्न मार्केट अप्सनको दुरुपयोग गर्ने गरेको पाइएको छ । तर पनि नियामक निकाय कानमा तेल हालेर बसिरहन्छ ।

यसरी २ प्रतिसत घटबढको नियम यहाँ एकपटक वा आक्कल झुक्कल मात्र तोडिएको भने हैन । अहिले यसलाई साना तथा सोझा लगानिकर्ता फसाउने अस्त्रकै रुपमा प्रयोग गर्ने कोशिस गर्न थालिएको छ ।

नियमले भन्छ , दुई प्रतिसत भन्दा बढी घटबढ गर्न हुँदैन – गर्न पाईदैन तर यहाँ खुल्लम खुल्ला १० प्रतिसत भन्दा बढी बढाईएको पाइएको छ । हामीले अध्ययन गर्दा अन्तिम ५ मिनटमा २० प्रतिसत भन्दा बढी सम्म बढाएको पाएका छौ । कुनै कम्पनी दिनभर घट्छ , २:५५ सम्म नेगटिभ सर्किट लेभलमा कारोबार भईरहेको हुन्छ , त्यसको ५ मिनटपछी ३ बजे सो कम्पनिले पोसिटिभ सर्किट लेभलमा बन्द हुन्छ , अनी फेरी भोलिपल्ट १० प्रतिसत घटेर कारोबार हुन्छ । यो बढाउदा सिधै मार्केट अप्सनको दुरुपयोग गरिन्छ । अझ रोचक कुरा त दिनभर त्यही ब्रोकरले ठुलो परिमाणमा हजारौ कित्ता बेच्छ अनी थोरै कित्ता किनेर सोही ब्रोकर अन्तिम ५ मिनटमा २० प्रतिसत बढाउछ । यसलाई बिस्लेश्ण गर्दा सिधै चलखेल भएको भन्न सकिन्छ र पम्पिङ एण्ड डम्पिङ गरेको अनुमान लगाउन सकिन्छ ।

किन लगाइन्छ त सर्किट अन्तिम समयमा ?

हामीले सर्किट किन लगाइन्छ भनेर अनुसन्धान गर्दै जादा, यस्तो तथ्य फेला पार्यौ कि त्यो सुनेर तपाईं चकित हुन सक्नु हुन्छ ।

हामीले यसको दुई मुल्य कारण रहेको पायौ , पहिलो कारण भनेको जसले यसरी बढाउछ – त्यसले पहिला नै टन्न किनेर आफु सङ्ग राखेको हुने रहेछ । जस्तो आईतवार उक्त कम्पनिको सेयर किन्ने , मङ्लबार उक्त कम्पनिको सर्किट लगाउने , अनी बुधवार बेच्ने । दश प्रतिसत सर्किट लगाएपछी उक्त कम्पनिको मुल्य घट्न त घट्छ तर बिस्तारै घट्दै जादा बेच्दै जाने , उक्त सर्किट लगाएको कम्पनिको सेयर ७-८ प्रतिसत घटेको बेला बेच्दा पनि त्यसरी सर्किट लाएर बेच्ने ब्रोकर वा समुहलाई फाईदा नै हुदो रहेछ । १ प्रतिसत घट्दा बेच्ने , २ प्रतिसत घट्दा बेच्ने ……………. ८ प्रतिसत घट्दा बेच्ने, यसरी बेच्दै जादा पनि यस्तो चलखेल गर्ने गिरोहलाई फाईदा नै हुदो रहेछ ।

अर्को तरिका भनेको पहिला धेरै कित्ता किन्ने , त्यसपछी त्यसरी नै सर्किट लगाउउदै जाने ४-५ दिन सम्म , त्यसरी सर्किट लगाएपछी आफ्नो सेयर बेच्न थाल्ने , दिनभर बेच्ने अनी अन्तिम ५ मिनटमा यसरी नै फेरी सर्किट लगाउने । यसरी सर्किट लाउनुको फाईदा चाँही अघिल्लो दिनको क्लोजिङ मुल्यको १० प्रतिसतमात्र घटबढ हुने नियम रहेको छ । यही नियमको फाईदा सेयर खेलाडिले उठाउने रहेछन । फेरी त्यसरी नै नेगटिभ सर्किट मै भएपनी आफुसङ्ग भएको सेयर बेच्ने – नेगटिभ सर्किटमा बेच्दा पनि फाईदा नै हुने रहेछ त्यो चलखेल गर्ने गिरोहलाई ।

लगातार सर्किट लागेको सेयरमा सोझा लगानिकर्ता यो त कत्ती नै पुग्ने भो ! सर्किट दिनै हान्ने कम्पनी भनेर किन्दा फस्ने रहेछन । यसरी चलखेलको सेयर मा परेर घाटा चाही सबै सोझा लगानिकर्तालाई हुने रहेछ । सोझा लगानिकर्ता अघिल्लो दिन सर्किट लागेको कम्पनी हो , राम्रो कम्पनी हो – बढीहाल्छ , हिजोको भन्दा सस्तोमा परीयो भन्दै किन्दा रहेछन । तर उनिहरुलाई चलखेल गरेर बढाएको पत्तो नहुदो रहेछ ।

त्यस्तै चलखेलको सेयरमा परेका एक लगानिकर्ताले भने किनेको दिन देखी घटीराको छ , अघिलो दिन त सर्किट हानेको थियो बढ्छ होला भनेर ५ प्रतिसत घट्दा किनेको तर घटेको घटेइ छ , हामीले बुझ्दा त्यो सेयर त्यसरी नै अन्तिम समयमा चलखेल गरेर बढाईएको सेयर रहेछ ।

अन्तिम ५ मिनटको समयमै बढाउनुको अर्को कारण चाँही उक्त अन्तिम ५ मिनटको समयमा लगानिकर्ता सकृय नहुने रहेछ्न । त्यही समयको मौका छोपेर मुल्यमा चलखेल गर्न सजिलो हुने रहेछ । एउटा उखान छ नि आफै धामी आँफै । हो अन्तिम ५ मिनटको समयमा त्यस्तै गर्न मिल्ने रहेछ ।

यसरी चलखेल गरेर मुल्य बढाउनेमा पुराना र नयाँ दुबै ब्रोकर सकृय देखिएका छन । त्यसमा पनि मुख्यत नयाँ ब्रोकर सकृय देखिएका छन ।

यसरी चलखेलमा परेका कम्पनीहरु मध्ये केही नेरुडे लघुबित्त , एनएमबी माइक्रो फाइनान्स, सुर्योदय वोमी लघुबित्त , थ्री स्टार हाइड्रो लगायतका कम्पनिहरु रहेका छन । त्यस्तै अर्को एक इन्सुरेन्स कम्पनिको पनि चलखेल गरेर घटाईको खबर बाहिरिएको थियो । आजकाल टप गेनर हेर्ने हो भने २-३ वटा कम्पनी त्यसरी दिनहु अन्तिम ५ मिनटको समयमा बढाएको देख्न सकिन्छ ।

कसलाई घाटा हुन्छ र ठिकै त हो , बढोस् न !
कसैले तर्क गर्नु हुन्छ होला , बढाउन पनि नपाउनु ? अनी आफ्नो पैसा ले किन्न नि नपाउनु ? अनी बिस्कुट चाउचाउ हो र , यसको एमआरपी , म्याक्सिमम रेटेल प्राइस हुनलाई ? यसको उत्तर के त भन्दा यसको रेटल मुल्य नभए पनि कारोबार रकम घटबढ को निस्चित नियम रहेको छ । त्यसको सबैले पालना गर्नु पर्ने हुन्छ ।एउटा अर्डर र अर्को अर्डरबिच २ प्रतिसत मात्र घटबढ गर्न मिल्ने नियमलाई काट्न मर्केट अप्सनको दुरुपयोग भईरहेको छ । नत्र दिनभर घट्ने , बेलुका ५ मिनटभित्र सर्किट हान्ने फेरी भोली नेगटिभ सर्किटमा कारोबार हुने अनी बेकुला ५ मिनटमा फेरी पोसिटिभ सर्किट ! यो चलखेल होइन र ? सोझा लगानिकर्ता फसाउने तरिका हैन र ? दुशित मनसाय छैन र यो कार्यमा ?

यसरी बढाउदा खराब मनसाय राखी सिधै अरु सोझा लगानिकर्तालाई टोपी लगाउने उदेस्यले घटबढको सिमा उल्लङ्घन गर्दै मुल्यमा चलखेल गर्नु उचित हुँदैन ।

के गर्ने त?
लगानिकर्ताले त्यसरी दुई तीन दिन सर्किट हानेको कम्पनी किन्दा धेरै बिचार पुर्याउनु पर्ने देखिन्छ ।अध्ययन गरेर मात्र किन्नुस् कि कतै तपाईंले किन्न लागेको कम्पनी चलखेल गरेर मुल्य बढाएको कम्पनी त होइन ? त्यसरी चलखेल गरेर अप्राकृतिक रुपमा मुल्य बढाईएका कम्पनिबाट टाढा रहनु नै उचित हुने देखिन्छ ।

यो पनि पढ्नुस्

ब्रोकर नम्बर ७१ शुभकामना सेकुरिटिजको चलखेल, अन्तिम ५ मिनटमा बढायो २० प्रतिसत मुल्य

ब्रोकर नम्बर ६२को प्रयोग गरी सुर्योदय वमीको मुल्यमा चलखेल, अन्तिम समयमा सर्किट लगाइयो

ब्रोकर नम्बर ६२, क्यापिटल म्याक्सले आफुले १९९० कित्ता ५७९ मा किनेर अन्तिम ५ मिनटमा १० प्रतिसतभन्दा बढी बढाएर ६४७ पुर्यायो

एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुबित्तको मुल्यमा खेलाडिको चलखेल , अन्तिम ५ मिनटमा ११ प्रतिसतसम्म मुल्य बढाइयो

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here