27.5 C
Nepal
Tuesday, September 17, 2024

ब्रोकर नम्बर ६२, क्यापिटल म्याक्सले आफुले १९९० कित्ता ५७९ मा किनेर अन्तिम ५ मिनटमा १० प्रतिसतभन्दा बढी बढाएर ६४७ पुर्यायो

ब्रोकर नम्बर ६२ , क्यापिटल म्याक्स सेकुरिटि लिमिटेडले हिजोको सेयर बजारमा कारोबार गर्दा चलखेल गरेको पाइएको छ ।

क्यापिटल म्याक्सले आफुले १९९० कित्ता सस्तोमा ( रु ५७९ ) मा किनेपछी अन्तिम ५ मिनटको समयमा उक्त कम्पनिको मुल्य १० प्रतिसत भन्दा बढी बढाएर ६४७ पुर्याएको देखिन्छ ।

कारोबार भएको उक्त कम्पनिको नाम नेरुडे लघुबित्त बित्तिय सस्था लिमिटेड (NLBBL) रहेको छ । आफुले सुरुमा प्रतिकित्ता रु ५७९ मा किनेको उक्त सेयर फेरी त्यही ब्रोकर ६२ ले अन्तिम ५ मिनटको समयमा मुल्य बढाउदै ६४७ सम्म मुल्यमा किन्नुले चलखेल गरेर मुल्य बढाएको प्रस्ट हुन्छ ।

एकैछिनलाई उक्त कम्पनीमा बेच्ने कोही थिएनन होला भन्ने मान्ने हो भने पनि उक्त ब्रोकरले १९९० कित्ता प्रतिकिता रु ५७९ मा किनिसकेको प्रस्ट देखिन्छ । फेरी त्यही ब्रोकरले अन्तिम ५ मिनटमा प्रतिकित्ता ५९२ देखी ६४७ मुल्यमा किन किन्छ ?

एकैछिनलाई यसरी पनि मान्दिउ न , उक्त ब्रोकरलाई किन्न मन लाग्यो किन्यो त भन्ने हो भने पनि उसले पहिला नै सस्तो मुल्यमा १९९० कित्ता किनिसकेको हुनाले बजार बढाउने शुद्ध मनसायले किनेको देखिदैन । यसमा आफुले किनेपछी अरु सोझा लगानिकर्तालाई फसाउने दुशित मनसाय नै झल्किन्छ ।

यसरी सबै तरिकाले हेर्दा आफुले सस्तोमा (५७९ ) मा ठुलो किता किने पछी अन्तिम ५ मिनटको समय जतिबेला प्राय लगानिकर्ता सकृय हुँदैनन , त्यही समयको मौका छोपी १० प्रतिसत भन्दा बढी मुल्य बढाउनुले चलखेल गरेको प्रस्ट देखिन्छ । त्यो पनि बजार बढाउने शुद्ध मनसायले नभई मुल्य बढाएर सोझा लगानिकर्तालाई टोपी लगाइदिने उदेश्य समेत राखेर ।

हिजै मात्र एनएमबी माइक्रोफाइनान्स बित्तिय सङ्स्था लिमिटेडको पनि अन्तिम ५ मिनटको समयमा चलखेल गरेर लगभग ११ प्रतिसत मुल्य बढाईएको थियो ।

सेयर बजारका जानकार तथा खेलाडी यसरी अन्तिम समयमा मुल्य बढाउने तरिकाका बारे जानकार हुन्छन र यस्तोबेला किन्दैनन तर फस्छ्न सोझा लगानिकर्ता । यसरी चलखेल गरेर सस्तोमा किनेको हुनाले ५ प्रतिसत घटेको बेला बेच्दा पनि यि चलखेल गर्नेलाई ५ प्रतिसत फाईदा हुन्छ , छोटो समयमा । तर सोझा लगानिकर्ता सर्किट हानेको कम्पनी अझै बढ्छ भन्ने सोचेर किन्छ्न्न र त्यतिबेला नै फस्न पुग्छन ।

सुरुमा हेर्नुस् अन्तिम ५ मिनटमा मुल्य बढाएको र

त्यसपछी हेर्नुस् ४७ नम्बर क्रममा ब्रोकर ६२ ले किनेको सेयर , त्यसको मुल्य र त्यसको कित्ता ।

यो हेर्नुस
एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुबित्तको मुल्यमा खेलाडिको चलखेल , अन्तिम ५ मिनटमा ११ प्रतिसतसम्म मुल्य बढाइयो

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here