24.4 C
Nepal
Monday, September 16, 2024

एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुबित्तको मुल्यमा खेलाडिको चलखेल , अन्तिम ५ मिनटमा ११ प्रतिसतसम्म मुल्य बढाइयो

आजको सेयर बजारमा दुई कम्पनिको मुल्यमा चलखेल भएको पाइएको छ । यो एकदम योजनाबद्ध रुपमा भएको हुन सक्छ ।

नत्र दिनभरजसो घटेको यि दुई कम्पनिको सेयर अन्तिम पाच मिनटमा कसरी अचक्ली बढ्न सक्छ ?

अन्तिम ५ मिनटमा लगानिकर्ता त्यती सकृय हुँदैनन । त्यही मौकाको फाईदा खेलाडिले उठाउछन ।

आज दिनभर घटेको यि दुई कम्पनिको सेयर मुल्य अन्तिम ५ मिनटमा ११ प्रतिसतसम्म बढाएको देखिन्छ ।

नेरुडे लघुबित्तको सेयर मुल्य अन्तिम पाच मिनटमा ५८५ देखी ६४७ पुर्याएको देखिन्छ । यो भनेको अन्तिम ५ मिनटमा लगभग १०.५ प्रतिसतको बढोत्तरी हो ।

त्यस्तै, एनएमबी माइक्रोफाइनान्सको मुल्य पनि अन्तिम ५ मिनटमा ५०४.९७ देखी बढाएर ५६१ पुर्याएको देखिन्छ । यो भनेको लगभग ११ प्रतिसतको बढोत्तरी हो , त्यो पनि ५ मिनटको समयमा ।

यसरी हेर्दा , आर्थिक कागजले यि दुई कम्पनिको मुल्यमा खेलाडिले चलखेल गरेको आकलन गरेको छ । सामान्य अवस्थामा यस्तो हुदैन ।

हेर्नुस्, चित्रमा एनएमबी माइक्रोफाइनान्स

नेरुडे लघुबित्तको मुल्य

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here