17.7 C
Nepal
Wednesday, October 23, 2024
Home Blog Page 2

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

0

एनएमबी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयर संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा निवेदन दिनु पर्नेछ । खरीदकर्ताले उल्लेखित सम्पूर्ण सेयर खरीद गर्नु पर्ने छ ।

सेयर खरीदको निवेदन प्राप्त भएपछि बिक्रेता संस्थापकसँग समन्वय गरेर आपसी सहमतिमा मात्र शेयर खरीद बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । यसअघि उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र बिक्री खुला गरिएको थियो।

४ फाइनान्स कम्पनी र ३ विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मासिकमा ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

बैंकको कारबाहीमा पर्ने फाइनान्स कम्पनीहरु रिलायन्स,जानकी, गोर्खाज् र प्रोग्रेसिभ रहेका छन् भने विकास बैंकमा सिन्धु, साल्पा र मितेरी छन् । केन्द्रीय बैंकले संस्थाका सञ्चालक र सीईओलाई सचेत गराएको छ ।

केन्द्रिय बैंकले ३ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनीका संचालक र सीइओलाई सचेत गराएको छ । अनिवार्य नगद मौज्दात कायम नगरेका भन्दै रिलायन्स फाइनान्सलाई ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे छ ।

सिन्धु विकास बैंक र सालप विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले बैंकका संचालक र सीइओलाई सचेत गराइएको हो। मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेकाले सो बैंकको संचालक समिति र सीइओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । यस्तै प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले कारवाहीमा परेका हुन् । रिलायन्स फाइनान्सलाई अनिवार्य नगद मौज्दात कायम नगरेका कारण ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे छ ।

गोर्खाज फाइनान्सले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ ।

युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख जम्मा गर्‍यो

0

युनिलिभर नेपाल विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्न भन्दै सरकारलाई ५० लाख रुपैयाँ दिएको छ ।

असोज १० र ११ गते गएको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको बाढी पहिरोले निम्त्याएको विपदलाई सहयोग गर्न यक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।

युनिलिभर नेपालका प्रबन्ध निर्दशक तथा सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाखको चेक हस्तान्तरण गरे ।

हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य समायोजन

0

हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ३०९ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ४३९.९० रुपैयाँ थियो ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

सुन्धारा सेक्युरिटिजले डाक्यो साधारण सभा, ११ प्रतिशत नगद लाभांश पारित गरिने

0

आगामी कात्तिक ३० गते सुन्धारा सेक्युरिटिज लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको बागदरबारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको ४ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

कम्पनीको सञ्चालक समितिबाट प्रस्तावित हाल कायम चुक्तापूँजीको ११ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत)वितरणको विशेष प्रस्ताव उक्त सभाबाट पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरण तथा गत आवको नाफा नोक्सानी हिसाब विवरण तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गर्ने तथा पारित गर्ने र आव २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पािरत गरिनेछ ।

थ्रीस्टार हाइड्रोले १ः१ अनुपातमा हकप्रद निश्कासन गर्ने

0

थ्रीस्टार हाइड्रोपावर लिमीटेडले हाल कायम चुक्तापूँजीको सतप्रतिशत(१ः१)को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।

कम्पनीको कात्तिक ५ गते सोमबार दिनको ३ः३० बजे बसेको सञ्चालक समितिले हाल कायम चुक्तापूँजी ४९ करोड २५ लाखको १ः१ बराबरको हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो ।

कम्पनीले हकप्रद निश्कासनको प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय समेत गरेको छ ।

हकप्रद निश्कासनबाट प्राप्त रकमध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि लिएको बैंकको ऋण तथा अन्य दायीत्व भुक्तान गर्ने र बाँकी रहेको १५ करोड रुपैयाँ निको इनर्जी लिमीटेडबाट निर्माणधानी माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना(९ मेगावाट)मा आवश्यक स्वपूँजीमा लगानी गर्ने निर्णय समेत कम्पनीले गरेको छ ।

समता घरेलु लघुवित्तले एफपीओ निश्कासनको गर्दै

0

नेपाल धितोपत्र बोर्डले समता घरेलु लघुवित्तले साधारण सेयरको थप निश्कासन(एफपीओ) गर्न स्वीकृति दिएको छ ।

कम्पनिले १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निश्कासनको स्वीकृति पाएको हो ।

एफपीओ निश्कासन पछी कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा चुक्तापूँजीको ३० प्रतिशत पुग्नेछ ।

समता घरेलु लघुवित्तले एफपीओ निश्कासनका लागि नियामक धितोपत्र बोर्डमा २०७८ चैतमा आवेदन दिएको थियो

सिडिबि हाइड्रोपावरले विशेष साधारणसभा बोलायो

0

सिडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेलाई कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहानको ८ बजे सभा बोलाएको हो।

कम्पनीको साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा थपघट गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस बाहेक सभाले कम्पनीको ५ जना संचालकहरूको नियुक्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

असोजसम्म २५.२३ खर्ब पुग्यो सार्वजनिक ऋण

0

असोज मसान्तसम्म नेपालको सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार यो रकम गत भदौको तुलनामा ५ अर्ब ५८ करोड रुपैयाँले कम हो ।

आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब ३० करोड र बाह्य ॠण १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.२३ प्रतिशत हुन आउछ। हालसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणाको हिस्सा ४९ र बाह्यको ५१ प्रतिशत रहेको छ ।

गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड थियो । चालु आर्थिक वर्षको ३ महिनाको तथ्याङ्क हेर्दा सार्वजनिक ऋणको आकार ८८ अर्ब ८३ करोड रुपैयाँले बढेको देखिएको छ ।

यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको छ ।

अरुण भ्याली हाईड्रोपावरको सेयरमूल्य समायोजन

0

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरी नयाँ मुल्य कायम गरिएको हो ।

मुल्य समायोजनपछी कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७१.८४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ थियो ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र ०.१५७ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश आगामी कात्तिक १४ गते आयोजना हुने २७ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।