23.9 C
Nepal
Monday, March 16, 2026

स्टार माइक्रो इन्स्योरेन्सको डाक्यो तेस्रो साधारण सभा

spot_imgspot_imgspot_img

स्टार माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा चैत २४ गते

काठमाडौं — स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले चैत २४ गते जनकपुरधाम, धनुषास्थित भानुचोकमा रहेको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे बस्नेगरी सभा बोलाएको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ। साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, सोही आवको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी अनुमोदन गर्ने एजेन्डा रहेको छ।

यस्तै सभामा गत आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

त्यसैगरी सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने विषय पनि सभाको एजेन्डामा समावेश गरिएको कम्पनीले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here