सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट नविकरणमा नगरे आइपिओ भर्न नपाईने ब्यबस्था गर्न लागेको छ । यसअघि दोश्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले मेरो सेयर मात्रै नविकरण गरेर आईपीओ भर्न पाउथे ।
सिडिएससीले एक सुचना निकाल्दै भदौ १५ गतेदेखि लागू हुने गरी डिम्याट नविकरण नगरे लगानीकर्ताहरूको मरो सेयर समेत रोक्का हुने जानकारी गराएको छ ।
लगानीकर्ताले आफ्नो हितग्राही खाता (Demat Account) को वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्य (DP) लाई बुझाउनुपर्ने व्यवस्था रहेको छ । सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने भएकाले यस्ता लगानीकर्ताले सेयर बिक्री गर्दा खाता रोक्का भएका कारणले e-DIS हुन नसकी क्लोज आउट पर्ने गरेको देखिएकोले सम्पूर्ण लगानीकर्तालाई तत्काल आफ्नो हितग्राही खाता नवीकरण गराउनु भनेको छ ।
नेपालमा डिम्याट खाता नविकरण गर्दा वार्षिक रूपमा १०० रूपैयाँ र मेरो सेयर नविकरण गर्दा वार्षिक रूपमा ५० रूपैयाँ तिर्नुपर्छ ।
