23.7 C
Nepal
Wednesday, February 25, 2026

टक्सार पिखुवा खोला हाईड्रोपावरले फागुन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने

spot_imgspot_imgspot_img

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले यही फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि पहिलो चरणमा आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले गत फागुन १ गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजीको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँको रु. १०० अंकित दरका ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

स्वीकृत विवरणपत्रअनुसार जारी पूँजीको १० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि छुट्याइएको छ। यसअन्तर्गत भोजपुर जिल्लाका बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यसैगरी, सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँ बराबरका ३ लाख ३ हजार ६७ कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ।

यस्तै, ५ प्रतिशत अर्थात १ करोड ५१ लाख ५३ हजार ३०० रुपैयाँ बराबरका १ लाख ५१ हजार ५३३ कित्ता सेयर सामूहिक लगानी कोषका योजनाहरूका लागि र २ प्रतिशत अर्थात ६० लाख ६१ हजार ३०० रुपैयाँ बराबरका ६० हजार ६१३ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री गरिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ निष्कासन छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन खुला रहनेछ।

आवेदन प्रक्रिया अन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले भोजपुरस्थित कम्पनीको कार्यालय, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा, सिटिजन्स बैंकको भोजपुर शाखा तथा कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन सम्पन्न भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ जारी गरिनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here