नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले मार्जिन कारोबारयोग्य कम्पनीहरुको नयाँ सूची सार्वजनिक गरेको छ ।
एक सूचनामार्फत नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।
जसअनुसार नेप्सेमा सूचीकृत ३२५ भन्दा बढी कम्पनीमध्ये १०२ वटा कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य देखिएका छन्।
वित्त कम्पनीमध्येबाट आइसीएफसी फाइनान्स मात्र मार्जिन कारोबारयोग्य कम्पनी बनेको छ ।
यस्तै विकास बैंकमा ज्योति विकास बैंक र कामना सेवा विकास बैंक मार्जिन कारोबारका लागि अयोग्य बनेको छ ।
त्यस्तै प्राइम कमर्सियल बैंक लगायतका बैंक पनि मार्जिन कारोबारका लागि अयोग्य बनेका छन ।
हेर्नुस् मार्जिन कारोबारयोग्य कम्पनीको सूची हेर्नुहोस्:





