21.9 C
Nepal
Monday, June 2, 2025

पुनर्बीमा कम्पनीहरूको पुँजि बढाउन १ वर्ष समय थपियो

पुनर्बीमा कम्पनीहरूको चुक्तापुँजी वृद्धि गर्नका लागि समय सीमा थप गरिएको छ। नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्न अतिरिक्त समय प्रदान गरेको हो।

गत पुसको अन्तिम साता प्राधिकरणको सञ्चालक समितिको बैठकमा पुँजी वृद्धि गर्ने अवधि एक वर्ष थप गर्ने निर्णय भएको थियो।

यसअघि २०८० माघ १७ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरूले एक वर्षभित्र चुक्तापुँजी २० अर्ब पुर्याउनुपर्ने निर्णय गरेको थियो। तर, समय सीमा थप गरिएसँगै अब पुनर्बीमा कम्पनीहरूले २० अर्ब चुक्तापुँजी २०८२ माघ १७ गतेभित्र पुर्याउनुपर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here