20.2 C
Nepal
Thursday, December 26, 2024

४ वटा कम्पनीको १.७९ करोड कित्ता बढी बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सिईडिबि होल्डिङ्स,अपि पावर कम्पनी, कामना सेवा विकास बैंक र एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको हो ।

सिईडिबि होल्डिङ्सको १० लाख २४ हजार ९१९.६१ कित्ता,अपि पावर कम्पनीको २८ लाख ९३ हजार २९८.९५६ कित्ता, कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता र एभरेष्ट बैंकको १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता गरी कुल १ करोड ७९ लाख ८२ हजार ९३७.७१६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अब भोलिीको कारोबारदेखि यी ४ वटै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

सिईडिबि होल्डिङ्सले गत आवका लागि सेयरधनीहरुलाई ११ प्रतिशत, अपि पावर कम्पनीले ५ प्रतिशत, कामना सेवा विकास बैंकले ७ प्रतिशत र एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर प्रदान गरेका थिए ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here