नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज मिती तोकेको छ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधन्ीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । संस्थाले गत आवका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
संस्थाले लाभांश पारितको मुख्य अजेण्डासहित मंसिर २४ गते बनेपामा रहेको अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना हुनेछ ।