17.8 C
Nepal
Wednesday, February 5, 2025

बुटवल पावरको नाफा १२.०७% ले घट्यो

बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ६ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १२.०७ प्रतिशतले कम हो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.७१ प्रतिशतले कम हो । कम्पनीको अन्य आम्दानी २ करोड १६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको साधारण खर्च ७ करोड २३ लाख, वितरण खर्च ३ करोड ६३ लाख, प्रशासनिक र अन्य सञ्चालन खर्च ३ करोड ३४ लाख र वित्त खर्च २२ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति ७४ करोड ३१ लाख र कुल चालु दायित्व १५ करोड १२ लाख रुपेयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.९४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०८.५० रुपैयाँ, मूल्य आम्दानी अनुपात २४५.८८ गुणा र तरलता अनुपात ४.९१ प्रतिशत छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here