27.2 C
Nepal
Wednesday, October 23, 2024

लक्ष्मी सनराईज बैंकको खराब कर्जाले सिमा नाघ्यो , बैंकमा मनपरितन्त्र !

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार लक्ष्मी सनराइज बैंकको खराब कर्जा बढेको देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी सनराइज बैंकको खराब कर्जा बढेर ५.४४ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.६९ प्रतिशत रहेको थियो।

कुनै बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा हुनुलाई खराब र जोखिमयुक्त मानिन्छ ।

पहिलो त्रैमासमा खराब कर्जा ५.४४ प्रतिशत पुगेको देखिएकोले अब झनै बढ्नसक्ने आकलन गरिएको छ । ॠण प्रबाह गर्दा मनपरी ढंगले प्रबाह गर्ने, चिनजान र भनसुनका भरमा कागज मिलाएर ॠण प्रबाह गर्ने पारीपरी देखिएकोले पनी पछी रिकोभरीमा समस्या देखिएको श्रोतको भनाइ रहेको छ ।

बैंकले आफन्त र आसेपासे, चिनजानका मान्छेका कम्पनिलाई भनसुनका आधारमा ॠण प्रबाह लगायतका काम गर्ने गरेको भन्दै बैंकमाथी गुनासो बढ्दो छ ।

यसरी मनपरी ढङ्गले बैंक चलाउदा र खराब कर्जा उच्च हुँदा सर्बसाधारणको निक्षेप समेत सङ्कटमा पर्न सक्ने देखिएको छ ।

खुद नाफा कति ?

बैंकको खराब कर्जा बढेको अवस्थामा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

वितरणयोग्य नाफा
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४९ करोड रहेको देखिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here