असोज मसान्तसम्म नेपालको सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार यो रकम गत भदौको तुलनामा ५ अर्ब ५८ करोड रुपैयाँले कम हो ।
आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब ३० करोड र बाह्य ॠण १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.२३ प्रतिशत हुन आउछ। हालसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणाको हिस्सा ४९ र बाह्यको ५१ प्रतिशत रहेको छ ।
गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड थियो । चालु आर्थिक वर्षको ३ महिनाको तथ्याङ्क हेर्दा सार्वजनिक ऋणको आकार ८८ अर्ब ८३ करोड रुपैयाँले बढेको देखिएको छ ।
यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको छ ।