18.5 C
Nepal
Tuesday, October 15, 2024

अपि पावरले लाभांश घटायो

अपि पावर कम्पनी लिमिटेडले यसअघी प्रस्तावित लाभांश घटाएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

यसअघि कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेकोमा विद्युत नियमन आयोगले अस्विकृत गरेको थियो ।

यससँगै बैठकले यसअघि स्थगित कम्पनीको २१ औं वार्षिक साधारण सभा समेत डाकेको छ । बैठकले आगामी कात्तिक ११ गते आइतबारका दिन काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here