विशाल ग्रुपको स्वामित्वमा रहेको ७ लाख कित्ता नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो ।
लिलामी सेयरमा कम्पनीका बिद्यमान संस्थापक सेयरधनीले आज कार्यालय समयसम्म यसमा आवेदन दिन पाउनेछन ।
कपनिको न्यूनतम ४५० रुपैयाँ वा सो भन्दा बढी मूल्य राखेर बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १ लाख देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।




