27.5 C
Nepal
Tuesday, September 17, 2024

सिईडिबि हाईड्रोपावरले ११ प्रतिसत लाभांश दिने, हकप्रद पनि निस्कासन गर्ने

सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० र २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।

उक्त बैठकले सेयरधनीहरुलाई दुई आर्थिक वर्षको लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (कर बाहेक) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांशको विशेष प्रस्ताव पारित गर्न साधारण सभा समेत डाकेको छ ।

कम्पनीले आगामी असोज २१ गते काठमाण्डौको कालीमाटीमा रहेको कालिमाटी व्याङ्क्वेटमा बिहान १० बजे लाभांशको विशेष प्रस्ताव पारित गर्न साधारण सभा समेत डाकेको छ ।

बैठकमा बोनस सेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५) हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको आव २०७९/८० र आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने, आव २०८०/८१ को लागि नियुक्त लेखा परिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने आव २०८१/८२ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज बन्द गर्ने निर्णय गरेको छ। यसथै असोज ६ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन तथा सभामा सहभागी हुन योग्य हुनेछन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here