9.5 C
Nepal
Sunday, February 15, 2026

काठमाण्डौमा आजबाट २ दिने पूर्वाधार सम्मेलन सुरु

spot_imgspot_imgspot_img

आजदेखि नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ । यसको आयोजना नेपाल उद्योग परिसंघले गरेको छ । भदौ २७ र २८ गते गरी २ दिनसम्म काठमाण्डौमा आयोजना हुने सम्मेलनमा नेपालसँगै अन्य विभिन्न देशका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

सम्मेलनमा दक्षिण कोरिया, भारत, चीन, मलेसिया, थाइल्यान्डलगायतका देशका प्रतिनिधि सहभागीता हुनेछन । सम्मेलनमा सडक, ऊर्जा, रेल, रियल इस्टेट, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सूचना प्रविधि, व्यापारसहितका अन्य पूर्वाधारका क्षेत्रका विषयमा छलफल हुनेछ।

दुई दिने पूर्वाधार सम्मेलनमा नेपालले व्यहोरिरहेको पूर्वाधारको खाडल तथा यसलाई सम्बोधन गर्न आवश्यक लगानी जुटाउने विषयमा केन्द्रीत हनेछ । पूर्वाधारमा सरकारले लिनुपर्ने नीति, पूर्वाधार फाइनान्सिङका नवीन अवधारणा तथा सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकासका विषय समेटिएका छन् ।

सम्मेलनलाई प्रधानमन्त्री, प्रमुख दलका नेताहरू, उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रको नेतृत्व, विकास साझेदार तथा विज्ञहरूले सम्बोधन गर्नेछन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here