सहुलियत दरमा ३० हजार टन चिनी आयात गरिने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको हो ।
उक्त छुटको चिनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आयात गर्नेछन । कुल आयातमध्ये साल्ट ट्रेडिङले १५ हजार र खाद्यले १५ हजार टन आयात गर्नेछ ।
यो आयत दसैं तिहार लक्षित आयात हो । यसअघी निजी कम्पनि मार्फत आयात गर्न खोजिए पनि सफल नभएपछी हाल साल्ट ट्रेडिङ र खाद्य मार्फत आयात गर्न लागिएको हो ।




