24.4 C
Nepal
Monday, September 16, 2024

६६ हजार कित्ता नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ३००

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ हजार ५६६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनी वा जो कोही योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले असोज २ गते अपरान्ह ३ बजेभित्र काठमाण्डौको लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा खरिद गर्ने हो उल्लेख गरी आवेदन पेश गर्नु पर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।

बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ । एकै व्यक्ति वा कम्पनीले सेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिनुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here