22.6 C
Nepal
Wednesday, September 18, 2024

रिभर फल्स पावर घाटाबाट नाफातर्फ, कमायो ६.१६ करोड नाफा

रिभर फल्स पावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ६ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले विद्युत बिक्रीमातर्फत १८ करोड ३४ लाख रुपैयाँ आर्जन गर्दा अन्य आम्दानी १४ करोड ६५ लाख रुपैयाँबराबरको गरेको छ ।

यो अवधिसम्म कम्पनीको प्रशासनिक तथा सञ्चालन खर्च १ करोड ५६ लाख,वित्तीय खर्च १८ करोड ४४ लाख,ह्रासकट्टी खर्च ५ करोड ४३ लाख र प्रत्यक्ष खर्च १ करोड २९ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्म ६ करोड १५ लाख रुपैयाँले घाटामा रहेको कम्पनीको रिजर्भको आकार भने ९ लाख ९४ हजार रुपैयाँले धनात्मक अवस्थामा पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.८२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १००.१४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३७४.३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.८७ गुणा र तरलता अनुपात ०.५२ प्रतिशत छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here