सेयर बजारको नियामकिय निकाय मध्यको एक सीडीएससी शुक्रबारबाट प्रमुख बिहिन हुने भएको छ । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)पूर्ण प्रसाद आचार्यको यही शुक्रबारदेखि कार्यकाल सकिदै छ ।
आचार्य विसं २०७७ भदौ ८ गते सीडीएसीको प्रमुख कार्यकारी पदमा नियुक्त भएका थिए । उनको कार्यकालमा ४३ लाख डिम्याट संख्याबाट ६३ लाख पुगेको छ , त्यस्तै सीडीएससीको मुनाफा १० गुणा वढ्नु उनको कार्यकालको भएका महत्वपूर्ण उपलब्धिहरु मानिन्छन ।
उनको कार्यकालमा टी प्लस ३ बाट टी प्लस २ लागू हुनु , सेन्ट्रल केवाईसी लागू हुनु , मेरो सेयरको मोबाइल एप बन्नु , मेरो सेयरको सफ्टवेरको सुधार लगायतका काम गरेका छन ।