24.4 C
Nepal
Monday, September 16, 2024

७.०५ लाख कित्ता मानुषी लघुवित्तको सेयरको लक इन अवधि आज समाप्त हुने

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आज समाप्त हुदै छ। संस्थाको संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि आजदेखि सकिन लागेको हो ।

संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५ हजार ४६९ कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

संस्थाले २०७८ साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ भदौ ७ गते बाँडफाँड गरिएको थियो ।

सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको र कर्मचारीलाई बाँडफाँड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था भएबमोजिम उक्त सेयर लक इनमा राखिएको छ ।

लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here