23.7 C
Nepal
Friday, September 20, 2024

समता घरेलु लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

कम्पनीले पहिलोपटक गत असार २९ गते ३५ दिने सूचना जारी गर्दै ६४ हजार ९१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधीनीहरुबाट ४४ हजार ९१९ कित्ताका लागि खरिद आवेदन परेको थियो । बाँकी २० हजार कित्ता भने बिक्री भएको थिएन । उक्त बिक्री हुन बाँकी रहेको सेयर कम्पनीले आजदेखि सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here