12.2 C
Nepal
Wednesday, February 11, 2026

एचआईडीसीएलको १.६८ करोड कित्ता सेयरमा खरिद गर्न पाउने अन्तिम दिन आज

spot_imgspot_imgspot_img

हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को १ करोड कित्ता बढी संस्थापक सेयरमा खरिद गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले गत साउन २९ गतेदेखि बोलकबोल प्रक्रियामार्फत १ करोड ६८ लाख ५९ हजार ०५० कित्ता सेयर बिक्रीमा राखेको थियो ।
कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको उक्त सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरुमा संपर्क गर्न सक्नेछन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here