23.7 C
Nepal
Friday, September 20, 2024

बाराही हाईड्रोपावर १.८७ करोड घाटामा, रिजर्भ १०.७३ करोडले ऋणात्मक

बाराही हाईड्रोपावर पब्लिक लिमिटेड गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी १ करोड ८७ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ६१ लाख र अन्य आम्दानी २५ हजार ३५७ सय रुपैयाँ कमाएको छ । यो अवधिसम्म कम्पनीले २७ लाख ११ हजार रुपैयाँ प्रशासनिक खर्च र ६४ लाख २३ हजार रुपैयाँबराबरको सञ्चालन खर्च गरेको छ ।

कम्पनीको चुक्तापूँजी २५ करोड रुपैयाँ छ भने रिजर्भको आकार १० करोड ७३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ५ करोड ६३ लाख र कुल चालु दायित्व ३ करोड ८१ लाख रुपैयाँ छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here