29.5 C
Nepal
Friday, September 20, 2024

आम्दानी ४३४% ले बढेपछी पिपुल्स पावरको नाफा ३ करोड बढी

पिपुल्स पावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनी ६७ लाख ६२ हजार रुपैयाँ घाटामा थियो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १० करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४३४.५५ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड १ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको कर्मचारी खर्च ४ लाख ५१ हजार, अन्य सञ्चालन खर्च ९० लाख ७९ हजार,वित्त खर्च ३ करोड ८१ लाख र १ करोड ४० लाख रुपैयाँबराबरको प्रत्यक्ष खर्च गरेको छ । चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ भएको कम्पनीको रिजर्भको आकार ५ लाख ९० हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४ करोड ४२ लाख र कुल चालु दायित्व ९५ लाख ८४ हजार रुपेयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.५४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९९.९०, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५६.८२ रुपैयाँ र तरलता अनुपात ४ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here