29.5 C
Nepal
Friday, September 20, 2024

चन्द्रागिरी हिल्सको आम्दानी १ अर्ब बढी, खुद नाफा २२ करोड ३३ लाख

चन्द्रागिरी हिल्स लिमिटेले गत आबको चौथो त्रैमाससम्म १ अर्ब १ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.४९ प्रतिशतले बढी हो ।

यस्तै कम्पनीले अन्य स्रोतबाट १ करोड १ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म २२ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९९.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको अन्त्यसम्म कम्पनीले ११ करोड २० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

कम्पनीको कुल खर्च २९.३६ प्रतिशतले बढेर ३० करोड ७७ लाख रुपैयाँबराबर भएको छ ।

कम्पनीको रिजर्भको आकार ७ करोड ६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । १ अर्ब ९३ करोड रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको कम्पनीको कुल चालु सम्पत्ति २९ करोड ८५ लाख र कुल चालु दायित्व १६ करोड २ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको ईपीएस ७.३० रुपैयाँबाट बढेर १४.५६ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३७.२५ रुपैयाँ र पीई रेसियो ६२.३६ गुणा रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here