29.5 C
Nepal
Friday, September 20, 2024

नेपाल रिपब्लिक मिडियाको नाफा ४० लाख ७७ हजार

नेपाल रिपब्लिक मिडिया लिमिटेडले गत अाबको चौथो त्रैमासम्म ४० लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको तुलनामा २८८.२३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १० लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म कम्पनीले १८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १६.३० प्रतिशतले कम हो । यस्तै कम्पनीले ८५ लाख ५२ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च ५ करोड ६० लाख, आईपीओ खर्च ३८ लाख र बिक्री तथा वितरण खर्च ,१ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ५० करोड ५७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा १६ करोड ९३ लाख र दीर्घकालिन कर्जा ११ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रुपैयाँ छ । कम्पनीको कुल चालु सम्पत्ति ६७ करोड २९ लाख र कुल चालु दायित्व ३२ करोड ९९ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.४२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८८.७७ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७.३९ रुपैयाँ र तरलता अनुपात २.०४ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here