23.7 C
Nepal
Friday, September 20, 2024

साविकको सानिमा लाइफको १.४३ करोड कित्ता सेयरको लक इन अवधि आज समाप्त हुने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आज समाप्त हुने भएको छ ।

मर्जरमा गएको साविकको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ करोड ४० लाख कित्ता संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ३ लाख कित्ता गरी कुल १ करोड ४३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीले २०७८ साल साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ साउन ३० गते बाँडफाँड भएको थियो।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here